
पश्चिम मेदिनीपुर, 25 दिसम्बर (हि. स.)। जिल्लाको मोहनपुर क्षेत्रमा भाजपाको आन्तरिक गुटबाजी खुलेर बाहिरिएको छ। दाँतन विधानसभाका एक र दुई मण्डल क्षेत्रमा गए बुधवार साँझ भएको गुटीय विवादको कारणले भाजपाको महत्वपूर्ण बैठक हुन सकेन फलस्वरूप पार्टीका राज्य कमिटी सदस्यलाई बैठक नगरी फर्किन पऱ्यो।
प्राप्त जानकारी अनुसार, एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन)-को कार्यलाई लिएर दाँतन विधानसभाका प्रभारी एवं भाजपाका बीएलए-एक अपरूप गुच्छाइत मोहनपुर क्षेत्रमा बीएलए- दुई तथा कार्यकर्ताहरूसित बैठक गर्न पुगेका थिए। उनीसित दाँतन-दुई मण्डलकी अध्यक्ष शिउली पात्र पनि उपस्थित थिइन्। बैठक शुरू हुन अगावै मण्डल अध्यक्षविरूद्ध कार्यकर्ता एवं समर्थकहरूले असन्तुष्टि व्यक्त गर्दै विरोध गर्न शुरू गरे। हेर्दा-हेर्दै विवाद बढ़्दै गए चर्को बहस हुन थाल्यो। स्थितिलाई मध्यनजर गर्दै बैठकलाई रद्द गरियो जसले गर्दा नेतृत्वलाई फर्किन पऱ्यो।
भाजपा कार्यकर्ताहरूको आरोप छ, मण्डल अध्यक्ष बनेदेखि जिल्ला भाजपा अध्यक्ष शमित मण्डल क्षेत्रमा आएका छैनन्। उनीहरूले प्रश्न तेर्साए, जिल्ला अध्यक्ष स्वयं नआएर अन्य नेताहरूलाई बारम्बार किन यहाँ पठाइरहेका छन्? अर्कोतिर मण्डल अध्यक्ष शिउली पात्रले यस सम्पूर्ण घटनाक्रमको लागि पार्टीका केही असन्तुष्ट कार्यकर्ताहरूलाई जिम्मेवार ठहराइन्।
यता व्यापक विरोधबीच मण्डलका उपाध्यक्ष झाड़ेश्वर दासले मण्डल अध्यक्षमाथि स्वेच्छारिताको आरोप लगाए। यस घटनालाई लिएर क्षेत्रमा राजनीतिक सक्रियता तीव्र भएको छ भने भाजपाको आन्तरिक कलह पनि सार्वजनिक भएको छ।
उल्लेखनीय छ, यसको एक दिनअघि गत मंगलवार साँझ पनि दाँतन विधानसभा क्षेत्रको महोनपुर अन्तर्गत अरूँगा क्षेत्रमा यस्तै किसिमको घटना भएको थियो। स्थानीय भाजपा कार्यकर्ताहरूको आरोप छ, जिल्लाध्यक्ष शमित मण्डलको सहमति बिनै कुनै चर्चामा मण्डल कमिटी गठन गरिएको छ। नयाँ मण्डल अध्यक्षले अन्य नेताहरूलाई कुनै महत्व दिरहेका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा