
गान्तोक, 25 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्ला अन्तर्गत चुम्बुङस्थित मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको निवासमा पुगेर उनका माता-पिता डेभिड राई र मार्था राई लगायत सम्पूर्ण परिवारलाई क्रिसमसको हार्दिक शुभकामना व्यक्त गरे। उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले क्रिसमसको यो खुशी र भावनाले उनीहरूको घरमा शान्ति, प्रेम र एकताको आशिष् मिलोस् तथा यस चाडको अवसरमा परिवारका प्रत्येक सदस्यमा प्रशस्त खुसी, स्मरणीय क्षणहरू र न्यानोपन छाओस् भनी कामना गरेका छन्।
एउटा अर्को पोस्टमा मुख्यमन्त्री तामाङले चाकुङस्थित रेभरेन्ड पीटी सुक्मिमुको निवासमा पुगेर उनी लगायत उनका परिवारलाई क्रिसमसको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गरेको जानकारी गराएका छन्। मुख्यमन्त्रीले उनलाई पुन: भेट्न पाएको र उनको आशिष् लिन पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले रेभरेन्ड सुक्मिमु र उनको परिवारलाई न्यानोपन, शान्ति र आनन्दले भरिएको क्रिसमसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल