
कोलकाता, 25 दिसम्बर (हि. स.)। क्रिसमसको अवसरमा सम्पूर्ण पश्चिम बंगालमा कठ्याङ्ग्रिने जाड़ो महसूस गरिँदैछ। उत्तरदेखि दक्षिण बंगालसम्म जाड़ोको प्रभाव स्पष्ट रूपमा देखिँंदैछ। पहाड़हरूमा काँप्ने जाड़ो भने मदैनी क्षेत्रमा पनि तापमान घटिरहेको छ।
मौसम विभाग अनुसार बिहीवार कोलकाताको न्यूनतम तापमान 13.7 डिग्री सेल्सियस दर्ता गरियो। यो यस मौसमको अहिलेसम्मको सबैभन्दा चिसो दिन रह्यो। पछिल्लो नौ वर्षमा यो दोस्रो पटक क्रिसमसको दिन शहरको तापमान 14 डिग्री तल झरेको छ। यसपूर्व 25 दिसम्बर, 2016-मा न्यूनतम तापमान 13.4 डिग्री सेल्सियस दर्ता गरिएको थियो।
उत्तर बंगालमा जाड़ोको प्रभाव सबैभन्दा अधिक देखियो। दार्जीलिङको न्यूनतम तापमान 3.2 डिग्री सेल्सियससम्म तल झऱ्यो। पहाड़ी क्षेत्रमा चिसो हावाको कारणले जाड़ो अझ बढ़ेको छ।
राज्यको पश्चिमी औ दक्षिणी भागहरूमा पनि जाड़ो बढ़ेको छ। पुरूलियामा न्यूनतम तापमान 9.8 डिग्री तथा सागरद्वीपमा 12.8 डिग्री सेल्सियस दर्ता गरियो। मौसम विभागको भनाइ छ, सम्पूर्ण राज्यमा उत्तर-पश्चिमी चिसा हावाको कारणले तापमान घटेको हो। शनिरसम्म स्तै प्रकारको चिसो जारी रहनसक्छ। त्यसपछि तापमान बिस्तारै बढ़्ने सम्भावना छ। पश्चिम विक्षोभको प्रभावले आगामी सप्ताहको शुरूआतदेखि चिसोको प्रभाव केही कम हुनसक्छ।
मौसम विभागले बताएको छ, आगामी दिनमा राज्यका केही भागहरूमा कुहिरोको प्रभाव बढ़्नसक्छ। उत्तर बंगालका पहाड़ी क्षेत्र, डुवर्स, पश्चिमी जिल्ला एवं तटीय क्षेत्रहरूमा दृश्यता कम हुने आशंका छ। तथापि गंगाको मैदानी दक्षिण बंगलमा हाल घना कुहिरो लाग्ने चेताउनी दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा