बंगलादेशमा हिन्दुहरूमाथि अत्याचारः शुभेन्दुले कोलकातामा बंगलादेशी उच्यायोगलाई ज्ञापन सुम्पिने
बंगलादेशमा हिन्दुहरूमाथि अत्याचारः शुभेन्दुले कोलकातामा बंगलादेशी उच्यायोगलाई ज्ञापन सुम्पिने


कोलकाता, 26 दिसम्बर (हि.स.)। बंगलादेशमा अल्पसंख्यक हिन्दुहरू विरूद्ध भइरहेको हिंसाको विरोधमा शुक्रवार नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको नेतृत्वमा साधु-सन्तहरूको एक प्रतिनिधिमण्डलले शुक्रवार कोलकातामा बंगलादेशका डिप्टी हाई कमिशनलाई ज्ञापन चढ़ाएर विरोध दर्ता गर्नेछ।

अधिकारीले बताए, डिप्टी हाई कमिशनसित भेट गर्ने समय शुक्रवार साँझ तय भएको छ। उनले स्पष्ट पारे, यस प्रतिनिधिमण्डलमा पश्चिम बंगाल भारतीय जनता पार्टीका कुनै पनि राज्य स्तरीय नेता सामेल हुने छैनन्। उनीसित हिन्दू सन्त समाजका पाँच जना प्रतिनिधिहरू रहनेछन् जसमा सर्वानन्द अवधूत, महाकाल गिरी, सञ्जय शास्त्री, सञ्जय हेला र कृष्णा माताजी सामेल छन्।

यसपूर्व यसै सप्ताह शुभेन्दु अधिकारीको नेतृत्वमा बंगलादेश डिप्टी हाई कमिशन सामु प्रदर्शन भएको थियो। त्यस दिन उनलाई भित्र प्रवेश गर्ने अनुमति दिइएको थिएन। त्यसैले उनले घोषणा गरेका थिए, उनी शुक्रवार विधिवत प्रतिनिधिमण्डलसित आउनेछन् र यस अवधि उनलाई प्रवेश गर्न दिइएन भने फेरि प्रदर्शन गर्नेछन्। पछि उनले पुष्टि गरे, डिप्टी हाई कमिशनसित भेट गर्ने समय भइसकेको छ।

शुभेन्दु अधिकारी अनुसार, प्रतिनिधिमण्डल बंगलादेश प्रशासनसित यो बुझ्न चाहन्छ कि मयमनसिंहमा दिपु चन्द्र दासको हत्यापछि कार्यवाहक यूनुस सरकारले के कदम उठाएको छ। यसको साथै यो पनि प्रश्न गरिनेछ, दोषीहरू विरूद्ध के कारबाही भयो र पीड़ित परिवारलाई कुन प्रकारको मद्दत दिइयो।

स्मरण गराइन्छ, दिपु चन्द्र दासको निर्मम हत्यालाई लिएर सारा देशमा आक्रोश फैलिएको छ। दिल्ली, कोलकाता, भोपाल र हैदराबाद सहित केही शहरहरूमा विरोध प्रदर्शन भयो। हिन्दू संगठनहरूले सड़कहरूमा उत्रेर बंगलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको कथित अत्याचारको विरोध गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande