
नयाँ दिल्ली, 3 दिसम्बर (हि.स.)। दिल्ली नगर निगम (एमसीडी) उपचुनाउको परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)-ले 12 मध्ये 7 सीटमा जीत दर्ता गरायो। उपचुनाउको परिणाम घोषणा भएपछि मुख्यमन्त्री रेखा गुप्ता अनि भाजपा नेताहरूले यसलाई जनताको आशीर्वाद बताउँदै उनीहरूप्रति आभार व्यक्त गरे साथै खुशी पनि जाहेर गरे।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया एक्समा दिल्लीका नागरिकहरूप्रति आभार व्यक्त गरिन्। उनले विजयी उम्मेद्वारहरूलाई बधाई दिँदै भनिन्, यो जीत पार्टी कार्यकर्ताहरूको कड़ा परिश्रम र मजनताको विश्वासको प्रमाण हो। उनले आश्वासन दिइन्, दिल्ली सरकारले विकासका कार्यहरूलाई द्रूत गतिमा जारी राख्नेछ।
प्रदेशका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले उपचुनाउको परिणामलाई भाजपाका नीति तथा नेतृत्वमाथि जनताको भरोसाको जीत बताए। दिल्लीले विकासको राजनीतिलाई चुनेका छन्। यो परिणाम आआपको सनातन विरोधी सोच, भ्रष्टाचार औ झुटो वाचाहरूको राजनीतिलाई दिल्लीको मुखभरिको जवाफ हो।
यसरी नै पीडब्ल्यूडी मन्त्री प्रवेश साहेब सिंह, शिक्षा मन्त्री अशिष सूद, मन्त्री रविन्दर इन्द्रराज सिंह, मन्त्री कपिल मिश्रा सहित दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले पनि यस जीतको निम्ति जनताप्रति धन्यवाद ज्ञापन गर्दै सरकारले राम्रो काम गरेकै फलस्वरूप यो जीत भएको दाबी गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा