
पूर्व मेदिनीपुर, 3 दिसम्बर (हि.स.)। हल्दियाको सुताहाटा क्षेत्रमा स्थानीय दुई जना अटो चालकहरूद्वारा ब्याट्रीचालित वाहन चलाउने अनुमति नपाएको विरोधमा इच्छामृत्युको माग गरेको घटना प्रकाशमा आएको छ। आरोप छ, अटो यूनियनको दबावमा उनीहरूलाई सड़कमा उत्रिन दिरहेको छैन जसले गर्दा उनीहरूको आयश्रोत ठप्प भएको छ। फलस्वरूप उनीहरूलाई ब्यांकको ऋण चुकाउन असम्भव भएको छ।
अटो चालक तापस घोष औ रज्जाक अलीको भनाइछ, उनीहरूले वर्षौंदेखिको यसै रूटमा अटो चलाउँदै आइरहेका छन्। अधिक खर्च भएको कारण उनीहरूले आफ्नो पुरानो वाहनलाई बेचेर ब्यांकबाट ऋण लिएर ब्याट्रीचालित कार खरिद गरेका छन्। तर उनीहरूको आरोप छ, यूनियनका केही सदस्य जो तृणमूल समर्थित रहेको बताइँदैछ,-हरूले उनीहरूलाई ब्याट्रीचालित वाहनहरूलाई रूटमा चलाउन दिरहेका छैनन्।
तापस घोषले भने, म पहिला यसै रूटमा चलाउँथें। अब यूनियनको एउटा समूहले ब्याट्रीद्वारा चल्ने कारलाई चलाउन दिरहेको छैन। मलाई सड़कमा वाहन चलाएकोले कुटपिट पनि गरियो। ऋण कसरी चुकाउनु? परिवार कसरी धान्नु? त्यसैले अब मसित मृत्यु बाहेक अन्य विकल्प के छ?
रज्जाक अलीले पनि आरोप लगाए, यूनियनले स्पष्ट रूपमा भनिसकेको छ कि ब्याट्रीचालित कारहरू यस रूटमा चल्ने छैनन्। सिकायत लिएर पुलिस स्टेशनमा जाँदा पनि कुनै समाधान हुन सकेन।
अर्कोतिर सुताहाटा–दुर्गाचक अटो यूनियनका सचिव शेख आबेद अलीले सबै आरोपहरूलाई अस्वीकार गरेका छन्। उनको भनाइ छ, यी वाहनहरू “ब्याट्री कार हुन्, अटो वा टोटो होइन। उनले तर्क अघि सारे, हाम्रो यस रूटमा सीएनजी टोटो चल्छ। यदि दुई वटा ब्याट्री कारलाई उतारियो भने रहल 18 जना मानिसहरू पनि अनुमति चाहन्छन्। यात्रीहरू ब्याट्री वाहनमा जान रूचाउँछन् जसबाट हाम्रा चालकहरू बेरोजगार हुनेछन्।
आबेद अलीले सुझाउ दिए, यी ब्याट्री वाहनहरूलाई यस्ता रूटहरूमा चलाउन दिइनेछ जहाँ सीएनजी टोटो चल्दैन। उनले कुनै पनि प्रकारको कुटपिट नभएको पनि बताए।
यस विवादले राजनीतिक रूप पनि लिइसकेको छ। भाजपा नेता आनन्दमय अधिकारीले भने, स्थानीय स्तरमा सत्ताधारी पार्टीको संरक्षणमा “दादागिरी” बढ़ेको छ। यसको जवाफमा तृणमूल नेता श्यामल माइतीले भने, उनलाई यस मामिलाबारे जानकारी छैन। उनी यसको जाँच गर्नेछन्।
गए मंगलवार साँझ पुलिससित सम्पर्क गर्दा पुलिसले बतायो, यस्तो सिकायत प्राप्त भएको छ, सोही आधारमा पुलिसले मामिलाको जाँच गरिरहेको छ। क्षेत्रमा तनाउ व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा