
गुवाहाटी, 03 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार कामरूपी लोक गीतहरूका महान कलाकार औ लोक संस्कृतिका दिग्गज रामेश्वर पाठकको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, रामेश्वर पाठकको आवाजमा बसेको प्रत्येक लोक गीत असमको सांस्कृतिक धरोहरको अमूल्य भाग हो। उनले भने, असमको लोक संगीतलाई समृद्ध बनाउनमा उनले पुऱ्याएको अविस्मरणीय योगदानलाई भावी पिँढ़ीद्वारा सदैव स्मरण तथा संरक्षित गरिनेछ। डा. सरमाले भने, यस महान असमिया व्यक्तित्वको पवित्र स्मृति दिवसमा उनी पूर्ण सम्मान औ हृदयको गहिराइबाटै श्रद्धाञ्जली अर्पण गर्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा