अभिनेता धर्मेन्द्रको अस्थि गंगामा विसर्जित
अभिनेता धर्मेन्द्रको अस्थि गंगामा विसर्जित


हरिद्वार, 3 दिसम्बर (हि.स.)। दिवंगत फिल्म अभिनेता औ इण्डस्ट्रीमेै म्यानको रूपमा रूपमा प्रसिद्ध धर्मेन्द्रको अस्थि आज बिहान होटल पिलभीतको गंगा घाटबाट गंगामा विसर्जन गरियो। यस अवसरमा धर्मेन्द्रका दुवै छोरा क्रमैले सनी देओल र बबी देओल सहितपरिवारका अन्य सदस्यहरूले विधि विधानको साथमा धर्मेन्द्रको अस्थिलाई गंगामा विसर्जन गरे। अस्थि विसर्जनको कार्यक्रमलाई पूर्ण रूपले गोपनीय राखियो।

स्मरण गराइन्छ, धर्मेन्द्रको परिवारका सदस्यहरू हिजो अपरान्ह अस्थि कलश लिेर हरिद्वार आइपुगेको थियो। तर हिजो अस्थि विसर्जन गरिएन। अस्थि विसर्जन गरेपछि परिवार एयरपोर्ट तर्फ प्रस्थान भयो।

यता गंगा सभा अध्यक्ष नितिन गौतमले पुरोहित समाजको पक्षबाट निजी घाटमा अस्थि विसर्जन गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, आफ्नो परिवारको अस्थि कहाँ विसर्जन गर्नु भन्ने कुरा कसैको निजी विषय हुनसक्छ, तर हरिद्वार हिन्दुहरूको मान्य तिर्थ हो र हरकी पौड़ीमै अस्थि विसर्जन गर्नु चाहिँ शास्त्र सम्मत छ। सम्भवतः यसै कारणले धर्मेन्द्रको परिवार उनको अस्थि अवशेषलाई लिएर हरिद्वार आएका हुन्। तथापि उनको अस्थिलाई सामान्य घाटमा विसर्जन गर्नु दुर्भाग्यपूर्ण कुरा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande