
बाँकुड़ा , 3 दिसम्बर (हि.स.)। विष्णुपुर क्षेत्रको प्रतिष्ठित शैक्षणिक संस्थान बिष्णुपुर हाई स्कूलमा बुधवार अंग्रेजी माध्यमकाो औपचारिक शुभारम्भ गरियो। यस कार्यक्रमको उद्घाटन स्थानीय विधायक तन्मय घोषले दीप प्रज्जवलित गरी गरे।
यस अवसरमा महकुमा शासक प्रसेनजीत घोष तथा नगर परिषदका अध्यक्ष गौतम गोस्वामी पनि उपस्थित थिए। विद्यालय परिसरमा आयोजित यस कार्यक्रममा ठूलो संख्यामा शिक्षक, अभिभावक औ विद्यार्थीहरू सामेल भए।
विधायक तन्मय घोषले भने, अंग्रेजी माध्यमको शुरूआतदेखि उच्च स्तरसम्मको शिक्षा विद्यार्थीहरूाई दिइनेछ जसबाट उनीहरू प्रतिस्पर्धाको मुख्यधारामा अझ बढ़ी सशक्त रूपमा बढ़्न सक्नेछन्। अधिकारीहरूले पनि यस पहललाई क्षेत्रको शैक्षिक विकासको लागि महत्वपूरअण बताए।
विद्यालय प्रबन्धनको भनाइ छ, नयाँ प्रणाली शुरू हुनाले विद्यार्थीहरूलाई आधुनिक शिक्षण पद्धतिको लाभ प्राप्त हुनेछ अनि बिष्णुपुर क्षेत्रमा शिक्षाको गुणस्तर अझ बढ़्नेछ। कार्यक्रम शान्तिपूर्ण एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा