घना कुहिरोका कारण माजुलीमा फेरी सेवा बाधित
घना कुहिरोका कारण माजुलीमा फेरी सेवा बाधित


माजुली (असम), 03 दिसम्बर (हि.स.)। घना कुहिरोको कारणले बुधवार विश्वप्रसिद्ध नदी द्वीप माजुलीमा फेरी सेवा पूर्ण रूपले प्रभावित भयो। दृश्यता धेरै कम भएको कारणले नौकाहरूको संचालन पूर्ण रूपले ठप्प भयो।

अधिकारीहरूले बताए, बिहानदेखि एउटै पनि फेरी चल्न सकेको छैन, किनभने कुहिरो घनत्व अधिक भएको कारणले सुरक्षित संचालन सम्भव छैन। माजुली–अफलामुख मार्गमा पनि फेरी सेवा बन्द रह्यो जसले गर्दा दुवै तटमा यात्रीहरूलाई विविध समस्याहरूको सामना गर्नु पऱ्यो। मौसम सफा भए तथा दृश्यता सामान्य भए फेरी सेवा पुनः शुरू हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande