राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”
Governor Sikkim


गान्तोक, 3 दिसम्बर (हि.स.)। भारत सरकारको गृह मन्त्रालयको पत्र संख्या 7/10/2025 (भाग)-एम एण्ड जी, 25 नोभेम्बर, 2025 को अनुसार, अब भारतका सबै राजभवनहरूलाई लोक भवनको रूपमा चिनिने छ। यसै क्रममा आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले “राजभवन सिक्किम” को नाम औपचारिक रूपमा परिवर्तन गरी “लोक भवन सिक्किम” नामाकरण गरे।

अबदेखि सबै आधिकारिक प्रयोजन तथा पत्राचारमा “राजभवन सिक्किम” लाई “लोक भवन सिक्किम” नामबाट नै उल्लेख गरिनेछ र यो व्यवस्था तत्काल प्रभावसहित लागू हुने प्रेस विज्ञप्तिमा उल्लेख छ।

राज्यपालले यो पहल स्वागत योग्य रहेको बताउँदै भने, “लोक भवन” नामकरणले यस संस्थानलाई जनताको लागि अझ बढी पहुँचयोग्य र सहभागी बनाउनेछ। यो परिवर्तन लोकतान्त्रिक मूल्य तथा जन–सम्पर्कको भावनालाई सुदृढ़ गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।”

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande