
गान्तोक, 3 दिसम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज केन्द्रिय कृषि तथा किसान कल्याण राज्यमन्त्री रामनाथ ठाकुरलाई नयाँ दिल्लीमा भेट गरे। उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।
यस भेटको क्रममा सांसद सुब्बाले बिहारमा एनडीएद्वारा प्राप्त ऐतिहासिक विजयका लागि मन्त्रीलाई हार्दिक बधाई ज्ञापन गर्दै निरन्तर विकास र सुशासनको पक्षमा जनताले प्रकट गरेको बलियो जनादेशको प्रसंसा गरे।
भेट अवधि दुवै नेताहरूबीच कृषि क्षेत्रमा भइरहेको विभिन्न पहलहरू तथा विशेषगरी हिमाली क्षेत्रका सन्दर्भमा किसानको कल्याणलाई अझ सशक्त बनाउने सम्भावनाहरूबारे विस्तृत रूपमा छलफल भयो। सांसद सुब्बाले कृषक समुदायलाई सशक्त बनाउने र दिगो कृषि वृद्धि प्रवर्द्धन गर्ने साझा दृष्टिकोणअनुसार मन्त्रालयसँग निरन्तर सहकार्य गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल