गान्तोकमा 'इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्' मनाइयो
International Day of Persons with Disabilities


गान्तोक, 3 दिसम्बर (हि.स.)। राजधानीको एमजी मार्गमा आज महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागद्वारा 'इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्' मनाइयो। कार्यक्रममा सामाजिक कल्याण विभाग तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए।‌

मुख्य अतिथि लेप्चाले आफ्नो सम्बोधनमा माजका सबै नागरिकलाई भिन्नै रूपले सक्षम व्यक्तिहरूलाई पनि समान हैसियतका नागरिकका रूपमा व्यवहार गर्न अनुरोध गरे। उनले उनीहरूको क्षमता र सम्भावनाहरूलाई पहिचान गर्न आग्रह गर्दै श्रवण–अक्षमता भएका कलाकारले आत्मविश्वास र दक्षतापूर्वक प्रस्तुत गरेको नृत्यलाई उदाहरणस्वरूप उल्लेख गरे।

उनले कलाकारहरूलाई तयार पार्न निरन्तर प्रयासरत शिक्षक तथा प्रशिक्षकहरूको प्रशंसा गरे। मुख्यमन्त्रीको नेतृत्वमा राज्य सौहार्द र एकताको साथ अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा मुख्यमन्त्रीले पुर्‍याउँदै आएका योगदानप्रति आभार व्यक्त गरे।

कार्यक्रमलाई आईसीडीएस, डब्ल्युसीएससी र डीडब्ल्युडीकी निर्देशक उर्वशी पौडेल र सिलगढ़ी ग्रेटर लायन्स आई अस्पतालका सीईओ डा. राजेश सैनीले पनि सम्बोधन गरेका थिए।

यसअघि, कार्यक्रम पाल्जोर नम्ग्याल गर्ल्स स्कूलकी छात्राहरूको पाइप ब्याण्ड प्रस्तुति दिएका थिए। यसपछि, भिन्नै रूपले सक्षम बालबालिकाहरू, विशेष विद्यालयका विद्यार्थीहरू तथा पीडीसीएसका प्रतिभागीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे।

कार्यक्रममा सरकारले दिव्याङ्गजन दम्पतीको विवाह सहयोगका लागि एकपटक प्रदान गरिने रु २ लाखको अनुदान घोषणा गर्यो। यस अतिरिक्त, हाफवे होम, देवराली मायाल्मु संघ, आसाम लिङ्जेईलाई सहायता अनुदान हस्तान्तरण गरियो।

दिव्याङ्गजनहरूका हेरचाहकर्ताहरूलाई उनीहरूको समर्पित सेवाको कदर स्वरूप नगद पुरस्कार प्रदान गरियो। यसरी नै २७ देखि २९ नोभेम्बर २०२५ सम्म आसाम, गुवाहटीमा आयोजित दोस्रो पारा स्पोर्ट्स मिटका पदक विजेता तथा सहभागी, अधिकारीहरूलाई स्मृति चिह्नसहित रु ५०,००० नगद पुरस्कार प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande