राजगञ्जमा केएसडीसी सदस्यहरूको 100 घण्टाव्यापी अनशन शुरू
राजगञ्जमा केएसडीसी सदस्यहरूको 100 घण्टाव्यापी अनशन शुरू


जलपाइगढ़ी, 03 दिसम्बर (हि. स.)। आफ्ना विभिन्न मागहरूलाई लिएर कामतापुर स्टेट डिमाण्ड कउन्सिल (केएसडीसी)-का सदस्यहरूले राजगञ्ज बीडीओ कार्यालय सामु 100 घण्टाव्यापी अनशनशुरू गरेका छन्। यो अनशन बुधवार केएसडीसीको पक्षबाट राजगञ्ज बीडीओ कार्यालय अगाड़ि आयोजना गरियो। उत्तर बंगालका केही भागहरूमा एकसाथ यो आन्दोलन शुरू गरिएको छ।

केएसडीसी नेता मोहम्मद हसीबुलले बताए, यो 100 घण्टाव्यापी अनशन उत्तर बंगालका विभिन्न स्थानहरू सहित राजगञ्जमा पनि आोजना गरिएको छ।

उनले भने, उनीहरूको मुख्य माग भारतको संवैधानिक ढाँचाभित्र स्वतन्त्र कामतापुर वा ग्रेटर कुचबिहार राज्यको पुनर्गठन, असम, उत्तर बंगाल एवं बिहारमा बसोबास गर्ने कोच-राजवंशी समुदायलाई अनुसूचित जनजाति (एसटी)- को दर्जा, कामतापुरी (राजवंशी) भाषालाई संवैधानिक मान्यता आदि सामेल छन्। उनले बताए, यदि उनीहरूको यी मागहरूमाथि सरकारले विचार नगरे अझ व्यापक आन्दोलन गर्नका लागि उनीहरू बाध्य हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande