
खरसाङ, 3 दिसम्बर (हि.स.)। स्वास्थ्य विभाग, पश्चिम बंगाल सरकार अनि खरसाङ महकुमा अस्पतालको आयोजनामा आज खरसाङ रेलवे स्टेशन परिसरमा एचआईभी एड्समाथि जागरूकता कार्यक्रम साथै सड़क नाटक मञ्चन गरियो। एचआइभी एड्सलाई लिएर मञ्चन गरिएको सचेतनामूलक सड़क नाटक दार्जिलिङ साइन कला संस्थानको तर्फबाट प्रस्तुत गरिएको थियो।
उक्त नाटक कलाकारहरु क्रमैले आदित्य राया, रिना राया र सिबानी छेत्रीले मञ्चन गरेका थिए। विशेष गरेर गत 1 दिसम्बरमा विश्व एड्स दिवस पालन गरेपछि अहिले दार्जिलिङ जिल्लाभरि विभिन्न स्थानहरुमा एड्स विषयमा सचेतना गराउँदै सड़क नाटक मञ्चन भइरहेको छ। दार्जिलिङमा मञ्चन गरिएपछि आज खरसाङमा नाकट मञ्चन गरिएको हो। उक्त नाट्य टोलीले खरसाङको बस टर्मिनल परिसरमा पनि एचआईभी एड्समाथि सचेतनामूलक नाटक मञ्चन गरेका थिए।
नाटक मञ्चन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आदित्य रायाले एचआईभी एड्समाथि सचेतनामूलक नाटक दार्जिलिङमा मञ्चन गरिएपछि आज खरसाङमा आयोजना गरिएको जानकारी गराए।
---------------
हिन्दुस्थान समाचार / हनोक