माधुरी दीक्षित बनिन् ओडिशा ह्याण्डलुमकी ब्राण्ड एम्बासेडर, सरकारले दिनेछ 1.6 कड़ोर रुपियाँ
माधुरी दीक्षित बनिन् ओडिशा ह्याण्डलुमकी ब्राण्ड एम्बासेडर, सरकारले दिनेछ 1.6 कड़ोर रुपियाँ


भुवनेश्वर, 3 दिसम्बर (हि.स.)। बलीवुड अभिनेत्री माधुरी दीक्षित नेनेलाई ओडिशा ह्याण्डलुमको ब्राण्ड एम्बासेडर नियुक्त गरिएको छ। राज्य सरकारले यस कार्यको निम्ति 1.6 कड़ोर रुपियाँ स्वीकृत गरेको छ। साथै उनको यात्रा, आवास एवं अन्य सम्बन्धित खर्चहरूको प्रबन्ध राज्य सरकारद्वारा नै गरिनेछ। सो जानकारी ह्याण्डलुम मन्त्री प्रदीप बल

सामन्तले बुधवार विधानसभामा दिएका हुन्।

नयागढ़का विधायक अरुण कुमार साहुको प्रश्नको लिखित उत्तरमा मन्त्री सामन्तले बताए, यस नियुक्तिको उद्देश्य ओडिशाको पारम्परिक ह्याण्डलुम सेक्टरलाई वैश्विक मञ्चमा पुऱ्याउनु हो।

उनले भने, यस पहलबाट ओडिशाको समृद्ध ह्याण्डलुम विरासतलाई अन्तर्राष्ट्रिय पहिचान प्राप्त हुनेछ अनि राज्यका बुनकरहरूको सामाजिक एवं आर्थिक स्थितिमा उल्लेखनीय सुधार आउने आशा छ।

मन्त्रीले यो पनि भने, माधुरी दीक्षित नेनेसित जोड़िनेला ओडिशा ह्याण्डलुमलाई एक महत्वपूर्ण प्रेरणा प्राप्त हुनेछ जसबाट पारम्परिक कारीगरीलाई व्यापक पहिचान मिल्नेछ तथा स्थानीय बुनकरहरूलाई राष्ट्रिय अनि अन्तर्राष्ट्रिय बजारसम्म उत्कृष्ट पहुँच प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande