
-वक्फ कानूनलाई लिएर प्रदर्शनमाथि टिप्पणी
कोलकाता, 03 दिसम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार मालदाको गाजोलमा जनसभालाई सम्बोधन गर्दै मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर)-को सन्दर्भमा केन्द्र तथा चुनाउ आयोगमाथि गम्भीर आरोप लगाइन्। उनले राज्यवासीहरूसित अपील गरिन्, सबैले एसआईआर फारम भरौं ताकि कसैको नाम मतदाता सूचीबाट नमेटियोस्।
उनले एक प्रकारले मुस्लिम समुदायलाई डर देखाउँदै डिटेन्शन क्याम्पको उल्लेख गरिन् अनि भनिन्, कसैलाई पनि त्यहाँ जान दिइनेछैन। जबकि एसआईआरको डिटेन्शन क्याम्पसित कुनै सरोकाकर छैन। उनले वक्फ कानूनलाई लिएर पनि मुस्लिम समुदायलाई भड़्काउँदै भनिन्, तपाईहरूले विरोध प्रदर्शन गर्नुहोस्, तर बंगालमा होइन। यो कानून भाजपाले बनाएको हो, हामीले होइन।
केन्द्रमाथि लगाइन् तानाशाहीको आरोप-
सभामा ममता ब्यनर्जीले केन्द्रको भाजपा सरकारमाथि “बलजफ्ती” औ “तानाशाही नीति” अप्नाएको आरोप लगाइन्। उनले चेताउनी दिँदै भनिन्, यदि बलजफ्ती गरेर आपतकाल जस्तो माहोल बनाउने चेष्टा गर्छ भने मानिसहरूले कहिल्यै माफ गर्ने छैनन्। आज दिल्लीमा सत्ता छ, भोलि नहुन पनि सक्छ।
एसआईआरलाई लिएर अ्मित शाहमाथि हमला-
मुख्यमन्त्रीले एसआईआर प्रक्रियालाई लिएर चुनाउ आयोग अनि केन्द्रमाथि सोझै प्रहार गरि्। उनले दाबी गरिन्, यो प्रक्रिया हतारमा शुरू गरिएको छ र यसको उद्देश्य मानिसहरूमा डर फैलाउनु हो।
उनले गृहमन्त्री अमित शाहमाथि आरोप लगाउँदै भनिन्, एसआईआर अमित शाहले गराएका हुन्। चतुराईले ठूलो काम हुँदैन। तर म स्पष्ट रूपमा भनिरहेकी छु, कसैलाई डिटेन्शन क्याम्पमा जानु पर्नेछैन। कसैको नाम काटिने छैन। डराउने आवश्यकता छैन।
केन्द्रद्वारा धन रोकिएको आरोप-
ममता ब्यनर्जीले केन्द्र सरकारमाथि आर्थिक विभाजनमा भेदभाव गरेको आरोपलाई पनि दोहोऱ्याइन्। उनले भनिन्, केन्द्रले जीएसटीको माध्यमबाट राज्यको सम्पूर्ण राजस्व चुसिरहेको छ।
उनले भने, हाम्रो एउटै मात्र ट्याक्स छ, जीएसटी। केन्द्रले सबै पैसा उठाएर लैजान्छ। हामी लगभग 1.87 लाख कड़ोर रुपियाँ केन्द्रबाट पाउँछौ। अब त सुनिरहेको छु कि सिगरेटको पैसा पनि काट्छ। सम्पूर्ण भारतलाई कब्जा गरिरहेको छ, लाज लाग्दैन? केन्द्रले बलजफ्ती नीति अप्नाएर लोकतन्त्रको आत्मालाई चोट पुऱ्याइरहेको छ।
“म भोट माग्न आएको होइन”-
आगामी वर्ष राज्यमा विधानसभा चुनाउ हुनेछ, तर ममता ब्यनर्जीले दाबी गरिन्, उनको मालदह यात्रा चुनावी थिएन।
उनले भनिन्, म भोट माग्न आएको होइन। म तपाईहरूको चिन्ता हटाउन आएको हुँ। तपाईहरू नडराउनुहोस्। कसैलाी कुनै नोक्सान हिन दिने छुइनँ।सदैव तपाईहरूको साथमा रहनेछु। मुख्यमन्त्रीले यस अवधि लक्ष्मी भण्डार सहित केही सामाजिक योजनाहरूको पनि उल्लेख गर्दै भनिन्, “लक्ष्मी भण्डार आजीवन जारी रहनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा