
हुगली, 3 दिसम्बर (हि.स.)। श्रीरामपुरको केयर कन्सर्न हस्पिटलमा उपचाराधिन एक जना महिलाको मृत्यु भएपछि परिवारले लापरवाही तथा दुर्व्यवहार गरेको गम्भीर आरोप लगाउँदै अस्पताल प्रबन्धन तथा एक जना डाक्टर विरूद्ध गए मंगलवार साँझ श्रीरामपुर थानामा लिखित सिकायत दर्ता गरियो। सिकायत मृत महिलाका पति मुसाफिर गोंडले दर्ता गराएका हुन्।
जानकारी अनुसार गत 30 नोभेम्बरको दिन मुसाफिर गोंडले अपरान्ह 2 बजी आफ्नी 62 वर्षीय पत्नी रामवती देवीलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराएका थिए। डाक्टरहरूले बताएका थिए, रोगीको स्थिति गम्भीर छ, तर केही सुधार भइरहेको छ।
सिकायत अनुसार उपचार गर्ने क्रममा अस्पतालका सुरक्षाकर्मीहरूले रोगीका परिवारप्रति दुर्व्यवहार गरे। सिकायतकर्ताको भनाइ छ, यस किसिमको व्यवहार गरिएको ठूल्ठूला अस्पतालहरूमा पनि देखिँदैन।
उनले अस्पतालसित एसी रूमको माग गरे, तर प्रबन्धनले भन्यो, यसको लागि डा. अर्पण मुखर्जीको अनुमति लिनु आवश्यक छ। आरोप छ, डाक्टरले आईसीयूलाई देखाएर अनुरोधलाई ठोकराइदिए।
यस अतिरिक्त डाक्टरमाथि कार्डियक च्यानलको नाममा लगातार दबाव दिएको आरोप पनि लगाइएको छ। सिकायतकर्ताको भनाइ छ, उनले गए मंगलवार बिहान 7:15 बजी औ 8:30 बजी रोगीलाई सही ढंगमा स्थानान्तरण गर्ने अनुरोध गरेका थिए जसमाथि अस्पताल प्रबन्धनले भनेको थियो, रोगीलाई सामान्य बेडमा स्थानान्तरण गरिनेछ।
परिवारको आरोप छ, अस्पतालले रोगीको स्थितिबारे कुनै स्पष्ट जानकारी दिएन। साँझ 4 बजी अचानक उनीहरूलाई बताइयो कि रामवती देवीको मृत्यु भएको छ। मृतकाका पतिको यो पनि भनाइ छ, यसपूर्व अस्पतालले उनको कुनै पनि फोन कलको जवाफ दिएन।
मुसाफिर गोंडले मृत महिलाको पोस्टमार्टम गराउने तथा मामिलाको निष्पक्ष जाँच गर्ने माग गरेका छन्।
अर्को फेरि गम्भीर आरोप यो पनि लगाइएको छ, भिजिटिंग आवरमा उनकी छोरी आफ्नी आमालाई हेर्न जाँदा अस्पतालका सुरक्षाकर्मीहरूले उसित धक्कामुक्का र अशोभनीय व्यवहार गरे। सिकायतकर्ताले अस्पतालका सुरक्षा कर्मीहरू विरूद्ध पनि कारबाही गर्नुपर्ने माग गरेका छन्।
यद्यपि यो समाचार लेखुञ्जेलसम्म अस्पताल प्रबन्धनको पक्षबाट यी आरोपहरूलाई लिएर कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको थिएन। पुलिसले सिकायत दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा