
कोलकाता, 03 दिसम्बर (हि. स.)। राज्यमा भइरहेको एसआईआर (स्पेशल इंटेंसिव रिवीजन) प्रक्रियालाई लिएर फेरि एकपटक विवाद सृजना भएको छ। ‘अनकलेक्टेबल फर्म’-सित सम्बन्धित बूथहरूको संख्या मात्र 24 घण्टाभित्रमा 2 हजार 208-देखि घटेर 480 पुगेकोमा चुनाउ आयोगमाथि पक्षपात गरेको आरोप लागिरहेको छ।
आयोगले दाबी गरेको थियो, 2 हजार 208 मतदान केन्द्रहरू यस्ता छन् जहाँ एक जना पनि मृत अथवा डुप्लिकेट वा स्थानान्तरित मतदाता भेटिएको छैन। यसमाथि गम्भीर प्रश्न उठेको थियो। किनभने अन्तिम एसआईआर वर्ष 2002-मा भएको थियो। वर्ष 2002-देखि वर्तमान वर्ष 2025-सम्ममा ती क्षेत्रहरूमा एक जना पनि मतदाताको मृत्यु भएको छैन वा कोही पनि स्थानान्तरित भएको छैन। यो विश्वास गर्ने योग्यको कुरा होइन। यसै हप्ताको शुरूमा आयोगले यो आँकड़ा जारी गर्दा भारतीय जनता पार्टी सहित अन्य दलहरूले गम्भीर प्रश्न उठाएका थिए।
त्यसपछि अब आयोगले यो संख्या घटाइदिएको छ, त्यसैले यसमाथि प्रश्न उठिरहेको छ। तृणमूल कंग्रेसले यस सम्पूर्ण घटनाक्रमलाी ‘अविश्वसनीय’ बताउँदै कड़ा प्रतिक्रिया व्यक्त गरेको छ।
पार्टीका राज्य महासचिव कुणाल घोषले आयोगलाई लक्षित गर्दै भने, यो खेलाइँची होइन भने के हो त? कहिले दुई हजार, कहिले चार सय, आखिर चुनाउ आयोगले के गरिरहेको छ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा