
नयाँ दिल्ली, 03 दिसम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी) अनुसार प्रदेशका 12 वटा वार्डहरूमा भएको उपचुनाउको परिणाम घोषित भएको छ। 12 मध्ये सबैभन्दा 7 वटा सीटहरूमा भारतीय जनता पार्टी (भाजपा)-ले जीत हासिल गरेर सशक्त बढ़त बनाएको छ भने आम आदमी पार्टी (आआपा)- ले 3 वटा सीटमा, कंग्रेसले 1 वटा सीटमा अनि 1 वटा सीटमा निर्दलीय उम्मेद्वारको जीत भएको छ।
गत 30 नोभेम्बरमा सम्पन्न भएको उपचुनाउमा 38.51 प्रतिशत मतदान भएको थियो। भाजपा उम्मेद्वारहरूले केही वार्डहरूमा बढ़त बनाएका थिए जसलाई पछि उनीहरूले जीतमा परिणत गरिदिए। यसरी नै आआपले पनि तीन वटा वार्डहरूमा राम्रो प्रदर्शन गर्दै चुनाउमा आफ्नो उपस्थिति दर्ता गरायो।
कंग्रेसको खातामा एउटा सीट परेको छ भने एउटा सीट निर्दलीय उम्मेद्वारले जितेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा