सिलगढ़ी ट्राफिक पुलिसको अभियान, फुटपाथ कब्जा तथा अवैध पार्किंगमाथि कड़ा कारबाही
सिलगढ़ी ट्राफिक पुलिसको अभियान, फुटपाथ कब्जा तथा अवैध पार्किंगमाथि कड़ा कारबाही


सिलगढ़ी, 03 दिसम्बर (हि. स.)। शहरमा ट्राफिक व्यवस्थालाई सुव्यवस्थित राख्नको लागि सिलगढ़ी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागले एकपछि अर्को गर्दै निरन्तर अभियान संचालन गरिरहेको छ।

प्राप्त जानकारी अनुसार बुधवार आशिघर सब-ट्राफिक गार्डले ईस्टर्न बाईपास संलग्न क्षेत्रमा फुटपाथलाई घेर्नेहरूलाई चेताउनी दियो। पैदल यात्रीहरूको आवागामनमा बाधा नपगोस् भन्न खातिर पुलिसले निगरानी बढ़ाएको छ। यस अतिरिक्त जंक्शन ट्राफिक गार्डले सड़क किनारमा अवैध रूपमा राखिएका वाहनहरूविरूद्ध अभियान संचालन गऱ्यो। कतिपय वाहनहरूको चालान पनि काटियो।

यसपूर्व सोमवार सबैभन्दा पहिला पानी ट्यांक ट्राफिक गार्डले विधान रोडको फुटपाथलाई कब्जा गरेर बसेका दोकानदारहरूविरूद्ध कारबाही गऱ्यो। अभियान अवधि केही दोकानरूलाई हटाइयो साथै प्रचुर मात्रामा सामान पनि जफत गरेको थियो।

ट्राफिक पुलिसको यस किसिमको लगातार कारबाहीले शहरमा यातायात व्यवस्थालाई अधिक सुचारू, सुरक्षित तथा अनुशासित बनाउने सन्देश दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande