
नदिया, 03 दिसम्बर (हि.स.)। भारत–बंगलादेश अन्तरराष्ट्रिय सीमामा तैनाथ बीएसएफ दक्षिण बंगाल सीमान्तका जवानहरूले नदिया जिल्लामा ठूलो कारबाहीलाई परिणाम दिँदै करोड़ौं रुपियाँको सुन तस्करी गर्ने प्रयासलाई असफल बनाइदियो। 32औं वाहिनीको सीमा चौकी तुंगीका जवानहरूले गुप्त सूचनाको आधारमा एकजना बंगलादेशी तस्करलाई पक्राउ गरे जसले कुभिण्डोको आड़मा अवैध सुनलाई भारतमा छिराउने चेष्टा गरिरहेको थियो।
बीएसएफ अनुसार जफत गरिएको सुनको 20 वटा बिस्कुटहरूको वजन 2354.73 ग्राम रहेको छ जसको अनुमानित बजार मूल्य 3,05,99,716 रुपियाँ रहेको बताइएको छ।
घटना 02 दिसम्बरको अपरान्ह भएको हो जतिबेला सीमा चौकी तुंगीलाई जानकारी प्राप्त भयो, बंगलादेशी तस्करले जलमार्गबाट सुनलाई भारतमा पठाउने प्रयास गर्नसक्छ। सूचना पाउनसाथ जवानहरूलाई हाई अलर्टमा राखियो अनि सीमावर्ती क्षेत्रमा धराप थापियो। साँझ लगभग 5 बजे दुईजना संदिग्ध व्यक्तिलाई कुभिण्डोको थुप्रोमा झीलको बाटो भएर भारतीय सीमा तर्फ आइरहेको देखियो। जवानहरूले तिनीहरूलाई रोकाउने प्रयास गरे। तर तस्करहरूले भाग्ने प्रयास गर्न थाले। जवानहरूले एकजनालाई समाते पनि दोस्रो तस्कर अँध्यारोको फाइदा उठाएर भाग्न सफल भयो। जाँच गर्दा कुभिण्डोको बीचमा लुकाएर राखिएको प्याकेट भेटियो जसभित्र सुनको बिस्कुट थियो। पक्रा पर्ने तस्करलाई जाँचबुझ गर्नको लागि तुंगी चौकी लगियो जहाँ उसले स्वीकार गऱ्यो, उ बंगलादेशी नागरिक हो र लामो समयदेखिकै सीमा तस्करीसित सम्बन्धित गतिविधिहरूमा सामेल हुँदै आएको थियो। यो सुनलाई भारतमा ल्याएर कुनै व्यक्तिलाई सुम्पिनुथ्यो जसको सट्टामा उसले केही पैसा पाउनेवाला थियो।
बीएसएफले तस्कर सहित जफत गरिएको सुनलाई अग्रिम जाँचको लागि सम्बन्धित एजेन्सीलाई सुम्पिदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा