जल शक्ति अभियान अन्तर्गत केन्द्रिय नोडल अधिकारीको भ्रमण तयारीका लागि बैठक सम्पन्न
सोरेङ जिल्लापाल


सोरेङ, 3 दिसम्बर (हि.स.)। सोरेङ‌ जिल्लाका जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा आज जिल्लापाल कार्यालयमा जल शक्ति अभियानअन्तर्गत केन्द्रिय नोडल अधिकारी (सीएनओ) को आगामी भ्रमणलाई लिएर तयारी बैठक सम्पन्न गरियो।

बैठकमा भारत सरकारको कौशल विकास तथा उद्यमशीलता मन्त्रालय, आईसी डिभिजनका उपसचिव हिमांशु गुणावत केन्द्रिय नोडल अधिकारीको रूपमा 10 देखि 12 दिसम्बरसम्म सोरेङ जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी गराइयो।

बैठकमा भ्रमणका मुख्य एजेन्डाहरूमा विस्तृत छलफल गरियो, जसअन्तर्गत एन्ट्री प्रेजेन्टेशन, फील्ड भ्रमणका विस्तृत योजनाहरू तथा महत्वपूर्ण स्थलहरूको निरीक्षण समावेश थियो। भ्रमण गरिने प्रमुख स्थानहरूमा अमृत सरोवर, पीएमकेएसवाई स्थानहरू, सिँचाइ परियोजना स्थलहरू, धारा विकास स्थलहरू, स्रोत विकास स्थलहरू, पानी संकलन स्थलहरू तथा जेजेएम स्थलहरू रहेको बताइयो। यसैगरी, 12 दिसम्बरमा सम्पन्न हुने एक्जिट मिटिङमाथि पनि विस्तृत समीक्षा गरियो।

जिल्लापाल सुवेदीले सबै सम्बन्धित विभागहरूबीच समन्वयमाथि जोड दिंदै समयमै तयारी पूरा गर्न निर्देशन दिए। उनले भ्रमणलाई सफल बनाउन सामूहिक प्रतिबद्धताको आवश्यकतामाथि पनि जोड दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande