मयनागुड़ीमा आगलागी, ग्यास सिलेण्डर पड़्केर दुई वटा दोकान स्वाहा
मयनागुड़ीमा आगलागी, ग्यास सिलेण्डर पड़्केर दुई वटा दोकान स्वाहा


जलपाइगढी, 3 नोभेम्बर (हि.स)। मयनागुड़ी ब्लकको आमगुड़ी बज़ारमा गए मंगलवार राती भएको अग्निकाण्डमा दुई वटा दोकान जलेर खरानी भयो। यस अवधि दुई वटा ग्यासको सिलेण्डर पड़्केर स्थिति झन् गम्भीर भयो, तर दमकल विभागको तत्परताले गर्दा ठूलो दुर्घटना हुनदेखि बच्यो। घटना बुधवार भोर बिहान तीन बजे भएको हो।

जानकारी अनुसार आमगुड़ी बजारमा स्थानीय मिठाई व्यवसायी अनिल रायको दोकानबाट आगोका ज्वालाहरू निक्लिरहेको देखियो। स्थानीय मानिसहरूले तुरून्तै मयनागुड़ी अग्निशमन विभागलाई सूचना दिए, तर दमकल घटनास्थलमा आइपुग्न अगावै आगो नजिकैको उत्तम राउतको किराना स्टोरसम्म फैलियो।

दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका थिए यसै अवधि मिठाई दोकानमा राखिएको दुई वटा ग्यास सिलेण्डर पड़्क्यो। विस्फोट भए पनि दमकलको टीमले तत्परता देखाउँदै आगोलाई फैलिनदेखि रोक्यो जसले गर्दा सम्पूर्ण बजारमा आगो लाग्नदेखि बच्यो।

मयनागुड़ी फायर स्टेशनका अधिकारी निताई चन्द्र शीलले बताए, प्राथमिक अनुमान अनुसार आगो शर्ट सर्किटको कारणले लागेको हनसक्छ तथापि वास्तविक कारणहरूको जाँच गरिँदैछ।

घटनापछि बुधवार बिहान ग्राम पञ्चायत प्रधान दिलीप राय, मयनागुड़ी पञ्चायत समितिका अध्यक्ष कुमुद रञ्जन राय सहित अन्य अधिकारी स्थितिको जायजा लिन घटनास्थलमा पुगे। प्रशासनद्वारा आश्वासन दिइएको छ, प्रभावित दोकानदारहरूलाई हरसम्भव सहयोग दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande