
कोलकाता, 3 दिसम्बर (हि.स.)। निजी हाउसिंग कम्प्लेक्समा मतदान केन्द्र स्थापना गर्ने चुनाउ आयोग (ईसीआई)- को प्रस्तावविरूद्ध तृणमूल कंग्रेसले बुधवारदेखि जनमत संग्रह गर्ने पहल शुरू गरेको छ। यस अभियानको नेतृत्व शहरी विकास मन्त्री तथा कोलकाता नगरनिगमका मेयर फिरहाद हकिमले गरिरहेका छन्।
बुधवार अपरान्हपछि हकिमले कोलकाता लगायत वरपरका क्षेत्रहरूमा अवस्थित विभिन्न हाउसिंग कम्प्लेक्स एसोसिएशनका पदाधिकारहरूसित बैठक गर्न शुरू गरेका छन्। पार्टी सूत्रानुसार मेयरले पहिला उनीहरूको राय सुन्नेछन् कि निजी हाउसिंग कम्प्लेक्स—विशेषकर बहुतले टावरहरूभित्र बूथ बनाउने सन्दर्भमा उनीहरूको प्रतिक्रिया के छ।
त्यसपछि मेयरले ती पदाधिकारीहरूलाई सम्भावित सुविधाहरूको बारेमा अवगत गराउनेछन् जसको सामना यस्ता कम्प्लेक्सहरूका निवासीहरूले गर्न सक्छन्। पार्ट सूत्र मुताविक मेयरले यस कुरामाथि विशेष ध्यान दिलाउनेछन् कि केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) औ मतदान कर्मीहरूको अस्थायी तैनाथी कम्प्लेक्स परिसरका निवासीहरूको लागि समस्याको कारण बन्नसक्छ।
हाउसिंग कम्प्लेक्सहरूभित्र मतदान केन्द्र बनाउने मुद्दामा पहिला नै दुई प्रकारको मत आइसकेको छ। एउटा मत अनुसार यसबाट यहाँका बासिन्दाहरूलाी असुविधा हुनसक्छ। दोस्रो मतमा भनिँदैछ, यस्तो बूथले बुजुर्ग तथा बिमारी मानिसहरूको लागि सुविधा बढ़ाउनेछ किनभने उनीहरूलाई बाहिर कुनै स्कूल वा अन्य बूथहरूसम्म जानु पर्दैन।
तृणमूलको यो पहल यस्तो समयमा शुरू भएको छ जतिबेला चुनाउ आयोगले मुख्यमन्त्री ममता ब्यनर्जीको आपत्तिलाई बेवास्ता गर्दै यस प्रस्तावलाई अगाड़ि बढ़ाउने निर्णय लिएको छ। पछिल्लो महिना मुख्यमन्त्रीले मुख्य चुनाउ आयुक्तलाई पत्र लेखी यस प्रस्तावको विरोध गरेकी थिइन् साथै भनेकी थिइन्, मतदान केन्द्र सदैव सरकारी वा अर्ध सरकारी संस्थानहरूमै बनाउनुपर्छ ताकि पारदर्शिता एवं निष्पक्षता कायम रहोस्।
अर्कोतिर भाजपा आईटी सेल प्रमुख औ बंगालका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले तृणमूलको आपत्तिलाई खारेज गर्दै भने, कुनै पनि उपयुक्त स्थललाई मतदान केन्द्र बनाउन सकिन्छ, शर्तस्वरूप त्यसले सबै मतदाताहरूको लागि सुविधा सुनिश्चित गरोस्। उनले भने, दिल्ली लगायत कतिपय शहरहरूमा पनि अग्ला-अग्ला भवनहरूमा बूथ बनाउन सकिन्छ।
मालवीयले कटाक्ष गर्दै प्रश्न गरे, “जब अतिरिक्त बूथ बनाइँदैछ तथा कुनै वर्तमान बूथलाई हटाइने छैन भने किन समस्या? मतदान सुविधालाई बढ़ाउँदा तपाईलाई के समस्य भइरहेको छ?”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा