
पश्चिम मिदनापुर, 03 दिसम्बर (हि. स.)। सबंग ब्लकको व्यस्त काटाखाली–सबंग राज्य सड़कमा गए मंगलवार राति दुई वटा भ्यान आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा चार जना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। साथै सड़कमा लामो समयसम्म वाहनहरूको आवागमन ठप्प रह्यो।
स्थानीय सूत्र अनुसार काटाखाली तिरबाट माल लिएर एउटा पिकअप भ्यान संबगतर्फ गइरहेको थियो। आरोप छ, रूईनान बजार नजिक सड़क किनारमा राखेको एउटा सानो “हात्ती गाड़ी”-लाई चालकले भयानक ठक्कर दियो जसबाट पिकअप भ्यानको नियन्त्रण पूर्ण रूपले बिग्रियो। अनियन्त्रि वाहन अगाड़ि रहेको हात्ती गाड़ीसित ठोक्कियो। यस ठक्करमा दुवै वाहनको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो। विस्फोट भएको जस्तो आवाज सुनेर बजार अनि वरपरका क्षेत्रहरूमा डर फैलियो। स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा पुगेर घाइतेहरूलाई ग्रामीण अस्पतालमा पुऱ्याए।
अस्पताल सूत्र अनुसार एकजनाको स्थिति गम्भीर रहेको छ भने अन्य तीन जनलाई विभिन्न चोटहरू लागेको छ जसको उपचार भइरहेको छ।
दुर्घटनापछि काटाखाली–सबंग राज्य सड़कमा लामो जाम लाग्यो। स्थानीय मानिसहरूको आरोप छ, साँझपछि भारी वाहनहरूको गति अधिक हुन्छ जसबाट दुर्घटनाहरू हुने जोखिम बढ़्छ। उनीहरूले गतिलाई नियन्त्रण गर्ने अनि नियमित पुलिस गस्ती बढ़ाउने माग गरेका छन्। पुलिसले मामिला दर्ता गरी दुर्घटनाका कारणहरू पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा