
पश्चिम मेदिनीपुर, 03 दिसम्बर (हि. स.)। गोआलतोड़ थाना क्षेत्रमा गए मंगलवार अबेर राति भएको एक सड़क दुर्घटनामा स्थानीय दुई जना मानिसहरू क्रमैले होपेन बेसरा र सुकचन बेसराको मृत्यु भयो। घटना गए राति 11 बजी भएको हो।
जानकारी अनुसार ट्र्याक्टर चालक खेतको कार्य सिद्ध्याएर दुई जना मानिसहरूलाई लिएर घर फर्किरहेका थिए। यसै क्रममा राष्ट्रिय राजमार्ग भएर गुज्रिने क्रममा ट्र्याक्टर अचानक अनियन्त्रित भएर खेतमा पल्टियो। दुर्घटनामा दुवै ग्रामीणहरू ट्र्याक्टर मुनि दबिए जसले गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाएर गोआलतोड़ थानाको पुलिस घटनास्थलमा पुग्यो। ट्र्याक्टरमुनि दबिएका शवहरूलाई प्रशासनिक सहयोगले जेसीबी मशिनद्वारा निकालियो। यस घटनाको कारण गोआलतोड़ क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले दुर्घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा