
इम्फाल, 03 दिसम्बर (हि.स.)। सुरक्षा बलहरूले इम्फाल वेस्ट जिल्लाको उरिपोक यमबेम लेइकाई क्षेत्रबाट यूएनएलएफ (के) संगठनसित आवद्ध एक जना क्याडरलाी पक्राउ गरे। पुलिस प्रवक्ताले आज बताए, पक्रा पर्ने क्याडर मानिसहरूबाट धन आर्जन गर्ने गतिविधिमा लिप्त थियो जसको पहिचान 25 वर्षीय लैश्राम प्रोनंजनित सिंह उपनाम जीत उपनाम थोंदोनबाको रूपमा भएको छ, जो सगोलबंद टेरा लौकरकपम लेइकाईका निवासी हो। उसलाई इम्फाल थाना क्षेत्रमा भएको एक समन्वित कारबाही अवधि समातिएको हो।
अधिकारीहरूले बताए, आरोपी युवकबाट एउटा मोबाइल फोन जफत गरिएको छ जसबाट महत्वपूर्ण प्रमाणहरू पाउने सम्भावना व्यक्त गरिँदैछ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा