विवादित जमीनमा शौचालय निर्माण गरेकोमा बबाल, दुव पक्षका दशजना मानिसहरू घाइते
विवादित जमीनमा शौचालय निर्माण गरेकोमा बबाल, दुव पक्षका दशजना मानिसहरू घाइते


उत्तर दिनाजपुर, 03 दिसम्बर (हि. स.)। चोपड़ा थानाको मुलुकडांगी क्षेत्रमा बुधवार एक विवादित जमीनमा शौचालय निर्माण गरेकोमा दुई पक्षमाझ झगड़ा भयो। उक्त जमीनको मालिकाना हकलाई लिएर विगत लामो समयदेखिकै जारी विवादले यसपालि हिंसक रूप धारण गऱ्यो। घटनामा दुवै पक्षका दशजना मानिसहरू घाइते भए भने पुलिसले चारजनालाई हिरासतमा लिएको छ।

स्थानीय सूत्र अनुसार रेजाउल हक औ धनबर अली रहमानको परिवारबीच जमीनलाई लिएर लामो समयदेखिकै विवाद भइरहेको थियो। कैयौं पटक पञ्चायत स्तरमा सम्झौता बैठक भए पनि कुनै समाधान हुन सकेको थिएन। बुधवार एक पक्षले उक्त जमीनमा शौचालयको निर्माण कार्य शुरू गर्दा अर्को पक्षले विरोध गऱ्यो जसपश्चात झड़प शुरू भयो। हेर्दा-हेर्दै स्थिति बिग्रियो। दुवै पक्षमाझ तोड़फोड़, ढुङ्गामुड़ा तथा आगलागी जस्ता घटनाहरू भए। धानको थुप्रोमा आगो लगाइएकोले भागाभाग भयो। ढुङ्गामुड़ा तथा धारिलो हतियारले प्रहार गर्दा दुवै पक्षका दशजना मानिसहरू घाइते भए जसलाई दलआ ब्लक स्वास्थ्य केन्द्रमा लगिएको छ।

धनबर अली रहमानको आरोप छ, जमीन उनको परिवारले खरिद गरेको हो, तर रेजाउल हकको परिवारले त्यसलाई आफ्नो जमीन बताउँछ। रेजाउल हकको परिवारको भनाइ छ, जमीनलाई लिएर मामिला अहिले विवादमै छ, तर पनि धनबर अलीको परिवार शौचालय बनाउन आएका थिए जसले गर्दा झगड़ा भयो।

सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रित गऱ्यो। दमकलले पनि घटनास्थलमा पुगेर आगोलाई निभायो। पुलिसले घटनामा सामेल चारजना मानिसहरूलाई हिरासतमा लिएर सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande