रेलवेले विन्डोबाट पाइने तात्काल टिकटहरूका लागि ओटीपी प्रणाली लागू गर्नेछ
रेलवेले विन्डोबाट पाइने तात्काल टिकटहरूका लागि ओटीपी प्रणाली लागू गर्नेछ


नयाँ दिल्ली, 03 दिसम्बर (हि.स.)। भारतीय रेलवेले यात्रीहरूको सुविधा र पारदर्शितालाई अझ् बलियो बनाउने उद्देश्यले विन्डोबाट पाइने तात्काल टिकटहरूका लागि ओटीपी आधारित टिकटिंग प्रणाली लागू गर्ने निर्णय लिएको छ। यो नयाँ व्यवस्था आगामी केही दिनमा देशभरिका सबै आरक्षण काउन्टरहरूमा लागू गरिनेछ।

रेल मन्त्रालय अनुसार, यो कदम तात्काल सुविधाको दुरूपयोगमाथि प्रभावी तरीकाले रोक लगाउन र वास्तविक यात्रीहरूलाई अधिक अवसर उपलब्ध गराउनका लागि उठाइँदैछ। रेलवेले जुलाई 2025 मा अनलाइन तत्काल टिकटहरूका लागि आधार-आधारित प्रमाणीकरण शुरू गरेको थियो। यसपछि अक्टोबर 2025 मा सामान्य आरक्षणको प्रथम दिन अनलाइन टिकट बुकिंगमा ओटीपी आधारित प्रणाली लागू गरियो। यी दुवै पहललाई यात्रीहरूले व्यापक रूपमा स्वीकार गरे, जसबाट टिकटिंग प्रक्रिया अधिक पारदर्शी बन्यो।

यही क्रममा 17 नोभेम्बर 2025 मा रेलवेले आरक्षण काउन्टरहरूमा तात्काल टिकटहरूका लागि ओटीपी आधारित प्रणालीको पायलट प्रोजेक्ट शुरू गरेको थियो। वर्तमानमा यो सुविधा 52 ट्रेनहरूसम्म विस्तारित गरिएको छ। यस व्यवस्था अन्तर्गत तात्काल टिकट बुक गराएको समय यात्रीद्वारा फारममा दिइएको मोबाइल नम्बरमा एक ओटीपी पठाइन्छ। ओटीपी सत्यापनपछि मात्र टिकट जारी गरिन्छ।

रेलवे अधिकारीहरू अनुसार, आउने केही दिनहरूमा यस ओटीपी आधारित तात्काल आरक्षण प्रणालीलाई बाकीका सबै ट्रेनहरूमा लागू गरिनेछ। यसबाट टिकटिंग प्रक्रियामा पारदर्शिता, सुरक्षा र यात्रीहरूको सुविधामा उल्लेखनीय वृद्धि हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande