पश्चिम मेदिनीपुरमा शहीद खुदीराम बोसलाई सर्वदलीय नमन
पश्चिम मेदिनीपुरमा शहीद खुदीराम बोसलाई सर्वदलीय नमन


पश्चिम मेदिनीपुर, 03 दिसम्बर (हि. स.)। शहीद खुदीराम बोसको १३७औं जयन्तीको अवसरमा बड़ा शिमुलिया शहीद खुदीराम बोस स्मृतिरक्षा समितिको तत्वावधानमा नवनिर्मित शहीद खुदीराम बोस मञ्च तथा दासपुर बस स्ट्याण्डमा स्थापित मर्मर प्रतिमाको भव्य उद्घाटन गरियो। कार्यक्रममा ठूलो संख्यामा स्थानीय नागरिक, सामाजिक संगठन, छात्र-युवा वर्ग औ सम्मानित अतिथिहरू उपस्थित थिए। वक्ताहरूले शहीद खुदीराम बोसको अदम्य साहस, बलिदान औ राष्ट्रनिष्ठालाई स्मरण गर्दै भने, उनको जीवन राष्ट्रको लागि सदैव प्रेरणादायी रहनेछ।

यता पश्चिम मेदिनीपुर जिल्लाका विभिन्न क्षेत्रहरूमा पनि शहीद खुदीराम बोसको जयन्ती श्रद्धापूर्वक मनाइयो। लगभग प्रत्येक क्लब, सामाजिक संगठन औ संस्थानमा उनको चित्रमा पुष्पाञ्जलि अर्पण गरी श्रद्धाञ्जली दिइयो। जिल्लाका विभिन्न राजनीतिक दलहरूले पनि आ-आफ्नो कार्याल तथा स्थानीय मुर्तिहरूमा माल्यार्पण गरी यस महान क्रान्तिकारीलाई नमन गरे। सम्पूर्ण जिल्लामा श्रद्धा, सम्मान तथा राष्ट्रगौरवको भावनाले ओतप्रोत वातावारण देखियो।

समितिका पदाधिकारीहरूले भने, नवनिर्मित मञ्च र प्रतिमा युवाहरूमा देशभक्तिको भावना जगाउन तथा स्वतन्त्रता संग्रामको इतिहासलाई सम्हालेर राख्नमा माइल खुट्टी साबित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande