उत्तर प्रदेशमा बांग्लादेशी रोहिंग्या घुसपैठीहरू विरूद्ध ठूलो कारबाही शुरू
योगी


लखनऊ, 03 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारले राज्यमा बांग्लादेशी रोहिंग्या घुसपैठीहरू विरुद्ध कारबाही शुरु गरेको छ। सरकारले सबै 17 नगर निगम क्षेत्रहरूमा कार्यरत रोहिंग्या बंगलादेशीहरूको सूची तयार पार्न पनि निर्देशन दिएको छ।

यसपछि कमिश्नर र आईजीलाई रोहिंग्या बांग्लादेशीहरूको सूची सुम्पिने निर्देश दिइएको छ। यसका साथै सरकारले कमिश्नर र आईजीलाई यूपीको हरेक मण्डलमा डिटेन्शन सेन्टर बनाउने निर्देश दिएको छ। मुख्यमन्त्री योगीको यस निर्देशपछि नगर निकायहरूका साथै शासनका अधिकारी पनि सक्रिय भएका छन्। घुसपैठीहरूलाई चिह्नित गरिने कार्य शुरू भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande