
गान्तोक, 3 दिसम्बर (हि.स.)। रम्फू पुलिस थाना क्षेत्र अन्तर्गत माङथाङ, सुमिन लिङ्गजेमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले घरबाट सूनका गहनाहरू र नगद चोरी गरेका छन्।
पुलिस रिपोर्ट अनुसार, 2 दिसम्बरका दिन अज्ञात व्यक्ति (हरू) पीडित व्यक्तिको भान्साघरबाट घरभित्र प्रवेश गरे। आरोपी (हरू) ले अलमारी तोड़ेर 1.5 तोला सूनका गहना र 35 हजार रूपियॉं नगद चोरी गरे। घटनाको समयमा पीडित परिवार घरमा थिएनन्।
पीडित व्यक्तिको शिकायतको आधारमा पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध बीएनएसको धारा 331(3)/305 अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले यस घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल