नदीबाट बालुवा-ढुङ्गाको चोरी मात्र होइन, खुल्ला रूपमा डकेटी भइरहेको छः दीपक बर्मन
नदीबाट बालुवा-ढुङ्गाको चोरी मात्र होइन, खुल्ला रूपमा डकेटी भइरहेको छः दीपक बर्मन


सिलगढ़ी, 03 दिसम्बर (हि. स.)। फालाकाटाका विधायक दीपक बर्मनले गम्भीर आरोप लगाउँदै भने, उत्तर बंगालका नदीहरूबाट बालुवा-ढुङ्गाको चोरी मात्र होइन, सोझै डकेटी भइहेको छ। भारी मशिन (अर्थ मुभर)-ले सरकारी अनुमति बिनै अवैध रूपमा खनन गरिरहेको छ। प्रशासनले पनि यसको विरोधमा कुनै ठोस कदम उठाइरहेको छैन।

बुधवार सिलगढ़ीमा आयोति पत्रकार सम्मेलनको माध्यमबाट फालाकाटा विधायकले प्रशासनसित तुरून्तै कारबाही गर्ने माग गरेका छन्। यस अवसरमा सिलगढ़ीका विधायक शंकर घोष, डाबग्राम-फुलबाड़ी विधायक शिखा चटर्जी, फाँसीदेवा विधायक दुर्गा मुर्मू सहित स्थानीय नेताहरू उपस्थित थिए।

फालाकाटाका विधायक दीपक बर्मनले भने, पहिला-पहिला केही रोयल्टी दिएर चोरी गर्थ्यो भने अहिले माफियाले खुल्ला रूपमा नदीबाट संसाधन लुटिरहेको छ। यसले गर्दा नदीको प्राकृतिक प्रवाह पनि परिवर्तन भइरहेको छ साथै गहिरो खाल्डो परिरहेको छ। यसपालिको बर्खामा यसको प्रभाव नदीहरूमा स्पष्ट रूपमा देखियो। उनले भने, जंगलमा हात्तीको हमलामा परी ज्यान गुमाउनेहरूले जस्तै घाइतेहरूले पनि सरकारबाट क्षतिपूर्ति पाउनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande