
कोलकाता, 03 दिसम्बर (हि.स.)। चुनाउ आयोगद्वारा संचालित विशेष गहन पुनरीक्षण (एसआईआर) अवधि पश्चिम बंगालमा मतदाता सूचीबाट नाम मेटिने मतदाताहरूको संख्या द्रूत गतिमा बढ़िरहेको छ। डिजिटलाइजेशनको नवीनतम आँकड़ा अनुसार अहिलेसम्ममा 46.30 लाख नाम चिन्हित गरिसकिएको छ।
यो आँकड़ा गए मंगलवार साँझसम्ममा पूर्ण गरिएको फर्म डिजिटाइजेशनको आधारमा निकालिएको हो जबकि गत सोमवार साँझसम्ममा यो संख्या 43.50 लाख थियो अर्थात मात्र 24 घण्टामा 2.70 लाख नयाँ नाम सूचीमा सामेल भएको छ जसलाई मतदाता सूचीबाट हटाउन सकिन्छ।
मुख्य चुनाउ अधिकारी कार्यालयको सूत्र अनुसार गए मंगलवार साँझसम्ममा उपलब्ध आँकड़ामा 22.28 लाख नाम मृत मतदाता श्रेणीमा परेको छ भने 6.40 लाख मतदाताहरूलाई अनट्रेसेबल घोषित गरिएको छ, किनभने बारम्बार प्रयास गर्दा पनि बावजूद बूथ-स्तरीय अधिकारी (बीएलओ)-हरूले उनीहरूलाई फारम सुम्पिन सकेनन्।
यस अतिरिक्त 16.22 लाख मानिसहरूलाई “स्थानान्तरित मतदाता”- को श्रेणीमा पाइएको छ जसको स्थायी रूपमा कुनै अन्य स्थान, विवाह, नोकरी वा अन्य कारणले शिफ्ट भएको पुष्टि भएको छ। साथै 1.05 लाख नाम यस्तो पाइएको छ जसलाई “डुप्लीकेट मतदाता” मानिेको छ अर्थात जसको दुई वटा क्षेत्रमा एउटै प्रविष्टि छ।
अक्टोबर 27-सम्ममा तयार मतदाता सूची अनुसार पश्चिम बंगालमा मोछ 7 कड़ोर 66 लाख 37 हजार 529 पञ्जीकृत मतदाताहरू छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा