सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ
Arrest


गान्तोक, 3 दिसम्बर (हि.स.)। सोरेङ जिल्ला पुलिसले भिन्न-भिन्नै ठाउॅंबाट तीन जनालाई प्रतिबन्धित लागुऔषध र यसको सेवनको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम किस्मत सुब्बा, सनीम सुब्बा र सत्यम सुब्बा बताइएको छ।

सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज प्रेस विज्ञप्तिमा जनाए अनुसार, मंगलवार किस्मत सुब्बालाई सोमबारिया पुलिसले प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गऱ्यो। आरोपीबाट 55 वटा निलो रङ्गको क्याप्सुल र तीन सय रूपियॉं जफत गरिएको छ। पुलिसले यस घटनाको सम्बन्धमा साडा, 2006 अन्तर्गत मामिला दर्ता गरेको छ।

यस अतिरिक्त, लागुऔषध सेवनको आरोपमा पुलिसले दुई जना सनीम सुब्बा र सत्यम सुब्बालाई हिरासतमा लिएको छ। सोबारिया पीएचसीमा गरिएको चिकित्सा जॉंचमा सत्यम सुब्बाको रिपोर्ट सकारात्मक आयो। उनी दुवैलाई परामर्श र नशामुक्ति उपचारका लागि पुनर्वास केन्द्रमा पठाउने प्रक्रिया शुरू गरिएको छ।

पुलिस अधीक्षकले सोरेङ जिल्ला पुलिस ड्रग्समुक्त जिल्लाप्रति प्रतिबद्ध रहेको बताउॅंदै यस अभियानमा सबैलाई सहयोगको लागि आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande