विद्या भारती सिक्किम प्रान्तको केन्द्रिय कार्यकारिणीको महत्वपूर्ण बैठक सम्पन्न
विद्या भारती सिक्किम प्रान्तको केन्द्रिय कार्यकारिणीको महत्वपूर्ण बैठक सम्पन्न


गान्तोक, 3 दिसम्बर (हि.स.)। विद्या भारती सिक्किम प्रान्तको केन्द्रिय कार्यकारिणीको महत्वपूर्ण बैठक मंगलवार सॉंझ भर्चुअल माध्यमद्वारा आयोजन गरियो। यस बैठकमा शैक्षणिक वर्ष 2025 का गतिविधि, प्रशिक्षण कार्यक्रम, कार्यशाला र आगामी वर्षका योजनाहरूमाथि विस्तृत चर्चा गरियो।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, बैठकमा आचार्य प्रशिक्षण, आगामी सत्रमा छात्र नामाङ्कन लक्ष्यलाई बढ़ाउने रणनीति, शैक्षणिक वर्ष 2025 को लागि पाठ्यक्रममा संशोधन तथा अद्यतन, परीक्षा प्रक्रियालाई पारदर्शी र कुशल बनाउने उपाय, संस्थाका वार्षिक उत्सव र सांस्कृतिक गतिविधिहरूको योजनामाथि विचार र संस्थाको रजत जयन्ती आयोजन र राज्य समितिको पञ्जीकरण र नवीनीकरणमाथि विशेष चर्चा गरियो।

संयोजक शर्माले बैठक सकारात्मक रहेको र सबै सदस्यहरूले संस्थाको निरन्तर विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको बताए। संस्थाका मुख्य सल्लाहकार हरि शंकर शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रान्त अध्यक्ष सीके राईले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande