12 ज्योतिर्लिङ-चारधामको यात्रा गर्ने लक्ष्य बोकेर स्केटिङ गर्दै बंगाल आइपुगे बिहारका युवक
12 ज्योतिर्लिङ-चारधामको यात्रा गर्ने लक्ष्य बोकेर स्केटिङ गर्दै बंगाल आइपुगे बिहारका युवक


पश्चिम मेदिनीपुर, 03 दिसम्बर (हि. स.)। बिना कुनै गुरु स्केटिङ सिके साधारण मध्यमवर्गीय परिवारका 28 वर्षीय युवकले, तर मनमा असाधारण सपना-स्केटिङ गर्दै सम्पूर्ण भारतको यात्रा गर्ने। देशका प्रमुख तिर्थ स्थलहरू, 12 ज्योतिर्लिङ औ चारधामको दर्शन गर्ने संकल्प लिएर बिहारको पश्चिम चम्पारण जिल्ला अन्तर्गत सौराहा निवासी इन्द्रजीत साहनी घरबाट निक्ले अनि 16 दिनको कठिन यात्रा गरिसकेपछि पश्चिम मेदिनीपुर जिल्लाको दाँतन आइपुगे। अब उनको अर्को गन्तव्य ओड़िशा हो।

सामान्य कपड़मा गेरुवा र राष्ट्रिय झण्डा बोकेर इन्द्रजीत आफ्नो यात्रा तर्फ अगाड़ि बढ़िरहेका छन्। कहिले यूट्यूब हेरेर, कहिले आफै अभ्यास गरेर उनले स्केटिङ सिके अनि गाउँकै खेत-खलियानहरूमा अभ्यास गरेर आत्मविश्वास जुटाए। त्यसपछि स्केटिङ जुत्ता किनेर यात्रामा हिँड़े। बाटोमा आइलागेका अनेकौं चुनौतीहरूलाई बेवास्ता गर्दै इन्द्रजीतले कहिले मन्दिरहरूमा त कहिले पेट्रोल पम्पमा रात बिताउँदै यात्रालाई जारी राखेका छन्। उनीसित सामानको नाममा केही भोजन र कपड़ा मात्र छ। तथापि उनको मनोबल अडिग छ। यतिको कलिलो उमेरमा यस्तो ठूलो लक्ष्य, जतिबेला अधिकांश मानिसहरू ट्रेन, बस वा निजी वाहनमा तिर्थ यात्रा गर्ने योजना बनाउँछन्, स्केटिंगको माध्य्मबाट एक वर्षको अखिल भारतीय यात्रा गर्ने उनको संकल्पले मानिसहरूलाई अचम्भित तुल्याइरहेको छ। बाटैभरि मानिसहरूले उनको मनोबल बढ़ाइरहे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande