अवैध बालुवा तस्करीमाथि भड़्किन् अग्निमित्रा पल, प्रशासन र राज्य सरकारमाथि लगाइन् गम्भीर आरोप
अवैध बालुवा तस्करीमाथि भड़्किन् अग्निमित्रा पल, प्रशासन र राज्य सरकारमाथि लगाइन् गम्भीर आरोप


आसनसोल, 4 दिसम्बर (हि.स.)। बिहीवार बिहान आसनसोल दक्षिण थाना क्षेत्रको दमरा घाटमा भारतीय जनता पार्टी (भाजपा) विधायक अग्निमित्रा पलको छड़्के निरीक्षणले सम्पूर्ण क्षेत्रमा खैलाबैला मचाइदियो। उनी पुग्नसाथ बालुवा घाटमा काम गरिरहेका मानिसहरूले मशिनलाई बन्द गरेर भाग्न थाले। घाटमा भागाभागको माहोल सृजना भयो।

निरीक्षणको क्रममा अग्निमित्रा पलले गम्भीर आरोप लगाउँदै भनिन्, उनले प्रशासनलाई कैयौं पटक सूचना दिएको भए पनि अहिलेसम्म कुनै पनि अधिकारी घटनास्थलमा आइपुगेका छैनन्। उनले भनिन्, “हेर्नुहोस् कुन प्रकारको नेक्सस राज्य सरकार, प्रशासन अनि बालुवा माफियाहरूबीच बनेको छ। मिलेर बालुवा चोरीलाई संरक्षण गरिँदैछ। प्रतिदिन ठूल्ठूला डम्परहरू यहाँबाट अवैध रूपमा लोड भएर निक्लिरहेका छन्। तर सरकारले कुनै निर्णय लिरहेको छैन।”

उनले यो पनि भनिन्, तृणमूल तथा बालुवा माफियाहरूले मिलेर घाटमा जुन प्रकारले अवैध कारबार गरिरहेको छ, त्यो सबै सामु प्रष्ट छ।“ जनताले सबै बुझिरहेका छन्। आगामीमा जताले यसको जवाफ दिनेछन्।

अग्निमित्रा पलले चेताउनी दिँदै भनिन्, आवश्यकता परे उनले थाना घेराउ तथा सड़क अवरोध पनि गर्नेछन् अनि अवैध कारबारमा सामेल माफिया तथा सम्बन्धित अधिकारीहरूलाई पक्राउ गर्ने माग उठाउने छन्।

उनको अचानक भ्रमणले दमरा घाट अनि वरपरका क्षेत्रहरूमा खैलाबैला मचियो। स्थानीय मानिसहरूले आशा गरिरहेका छन्, अब प्रशासनले अवैध बालुवा उठाउनेहरूविरूद्ध कड़ा कारबाही गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande