बंगालमा मतदाता सूचीबाट लगभग 50 लाख नाम हटाउने तयारी
बंगालमा मतदाता सूचीबाट लगभग 50 लाख नाम हटाउने तयारी


कोलकाता, 4 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतादाता सूची विशेष गहन पुनरीक्षण (एसआईआर) अवधि निर्वाचन आयोगको ताजा प्रवृत्तिहरूमा लगभग 50 लाख नाम मतदाता सूचीबाट हटाउने योग्यको पाइएको छ। यो प्रक्रिया 4 नोभेम्बरदेखि शुरू भएको थियो अनि डिजीटाइजेशनसितै दिनहुँ नयाँ आँकड़ा सामु आइरहेको छ।

गत मंगलवार साँझसम्ममा यो संख्या 46 लाखभन्दा केही अधिक थियो, तर बुधवार रातिसम्ममा यो संख्या बढ़ेर 50 लाख पुगेको छ। अर्थात मात्र 24 घण्टाभित्रमा हटाउने योग्य सूचीमा लगभग 4 लाख नयाँ नामलाई जोड़ियो।

मुख्य निर्वाचन अधिकारी कार्यालयको सूत्रानुसार अहिलेसम्म प्राप्त 50 लाख हटाउने योग्यको नाममा 23 लाखभन्दा अधिक मानिसहरूको नाम ‘मृत मतदाता’ श्रेणीभित्र पर्दछ। त्यसपछि दोस्रो स्थानमा ‘स्थानान्तरित’ मतदाता छन् जसको संख्या 18 लाखभन्दा अधिक छ। यस अतिरिक्त 7 लाखभन्दा अधिक मतदातालाई ‘बेपत्ता’ श्रेणीमा दर्ता गरिएको छ भने रहल नाम ‘दोहोरो’ वा अन्य कारण हटाउने योग्यको पाइएको छ।

यी सबै नामको अन्तिम स्थिति आगामी 16 दिसम्बरको मसौदा मतदाता सूची जारी भएपछि स्पष्ट हुनेछ। मसौदा प्रकाशन भएपछि नोटिस चरण शुरू हनेछ जसमा नोटिस जारी गर्नु, सुनवाई, जाँच तथा दाबी-आपत्तिहरूलाई सुल्झाउने काम 16 दिसम्बरदेखि 17 फरवरीसम्म चल्नेछ। त्यसपछि मतदाता सूचीका विभिन्न मानदण्डहरूको जाँच अनि अन्तिम प्रकाशनको लागि आयोगको अनुमति 10 फरवरीमा लिइनेछ।

अन्तिम मतदाता सूचीको प्रकाशन 14 फरवरी, 2026-मा गरिनेछ। पहिला यो तिथि 7 फरवरी तय गरिएको थियो। 27 अक्टोबर, 2025-सम्ममा पश्चिम बंगालमा मोठ मतदाताहरूको संख्या 7 कड़ोर 66 लाख 37 हजार 529 दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande