
गुवाहाटी, 04 दिसम्बर (हि.स.)। नौसेना दिवसको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतीय नौसेनाका जवानहरूको साहस, अनुशासन औ अदम्य समर्पणलाई नमन गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, हाम्रो समुद्री सीमाको सुरक्षामा जुटेका नौसेनाका वीर योद्धाहरू राष्ट्रको शक्ति, सुरक्षा एवं सम्प्रभुताका साँचो प्रहरी हुन्। उनले भने, विशाल तटरेखादेखि लिएर दूरस्थ समुद्री क्षेत्रसम्म भारतीय नौसेनाको अटुट सेवा अनि त्यागमाथि सारा देशले गर्व गर्दछ।
आफ्नो सन्देशमा डा. हिमन्त बिस्व सरमाले भारतीय नौसेनालाई देशको गौरवाशी सैन्य शक्ति बताउँदै जवान अनि उनीहरूका परिवारहरूलाई शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा