
पूर्व मेदिनीपुर, 04 दिसम्बर (हि.स.)। तालसारी समुद्र तटमा बिहीवार विशालकाय शार्क देखिनाले व्यापक खैलाबैला मचियो। यस माछालाई हेर्नका लागि मानिसहरूक व्यापक भीड़ उर्लियो।
प्राप्त जानकारी अनुसार यो शार्क लगभग 30 फुट लामो तथा 50 क्विंन्टलभन्दा अधिक वजन रहेको अनुमान लगाइएको छ। समुद्र तटमा रहेको यस विशाल समुद्री जीवलाई हेर्नका लागि क्षेत्रवासी ठूलो संख्यामा जुटेका थिए। सूचना पाउनसाथ उड़िसा वन विभागको टीम तत्काल घटनास्थलमा पुग्यो अनि सम्पूर्ण क्षेत्रलाई घेरेर जाँच आरम्भ गऱ्यो।
विशेषज्ञहरू अनुसार यस्तो विशाल आकारको शार्क यस तटमा भेटिनु अत्यन्त दुर्लभ घटना हो। वन विभागीय अधिकारीहरूले बताए, यस शार्कलाई वैज्ञानिक परीक्षण तथा संरक्षण गर्ने उद्देश्यले आफ्नो संरक्षणमा ल्याइँदैछ। यस घटनाले समुद्री पारिस्थितिकी तन्त्रलाई लिएर शोधकर्चाहरूबीच नयाँ जिज्ञासा उत्पन्न गरिदिएको छ। यस अनौठो घटनापछि तालसारी समुद्र तटमा उत्सुकतासँगसँगै समुद्री सुरक्षालाई लिएर पनि चर्चा तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा