
सिउड़ी, 4 दिसम्बर (हि.स.)। बीरभूम जिल्ला अन्तर्गत सिउड़ीको अब्दारपुर क्षेत्रमा त्यसबेला कोकोहोलो मचियो जतिबेला स्थानीय मानिसहरूले मुख्य सड़कको किनारमा देशी बम जस्तो वस्तुलाई देखे। क्षणभरमै यो खबर गाउँभरि फैलियो जसले गर्दा मानिसहरू भयभित भए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिस सूत्र अनुसार जफत गरिएको वस्ती हेर्दा देशी बम जस्तो लागिरहेको छ जसको जाँच जारी छ।
स्थानीय मानिसहरूले बताए, बिहान बाल-बालिकाहरू स्कूल जाने तथा मानिसहरू किनमेल गर्न बजार जाने समय हुन्छ। यस्तो समयमा सड़कमा बम भेटिनु चिन्ताजनक विषय हो। मानिसहरूको भनाइ छ, आगामी वर्ष 2026-को चुनाउलाई केन्द्र गरेर यस किसिमका घटनाहरूले परिवेशलाई अस्थिर बनाउने प्रयास हुनसक्छ। दुई गुटबीच बढ़्दो तनाउको चर्चा पनि क्षेत्रमा चुलिएको छ।
ग्रामीणहरूले बताए, स घटनापछि वरपरका गाउँहरूमा पनि भयको माहोल व्याप्त भएको छ। मानिसहरू डराएका छन् सुरक्षा बढ़ाउने माग गरिरहेका छन्।
पुलिसले आश्वासन दिएको छ, मामिलाको गहन जाँच गरिँदैछ साथै दोषीहरूलाई चिन्हित गरी कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा