ममताको सभामा पुगे हुमायुँ, अर्कोतिर तृणमूलले गऱ्यो निलम्बित
ममताको सभामा पुगे हुमायुँ, अर्कोतिर तृणमूलले गऱ्यो निलम्बित


कोलकाता, 5 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मुर्शिदाबादको भरतपुर क्षेत्रबाट विधायक हुमायुँ कबीरलाई तृणमूल कंग्रेसले बिहीवार पार्टीबाट निलम्बित गरिदियो। कोलकातामा आयोजित प्रेसवार्तामा नगर विकास मन्त्री तथा कोलकाताका मेयर फिरहाद हकिमले सो घोषणा गरे। उनीसित मुर्शिदाबादका दुई वरिष्ठ नेता राज्यका बिजुली राज्य मन्त्री अखरुजज्जामन र हरिहरपाड़ाका विधायक नियामत शेख पनि उपस्थित थिए। दुवै नेताहरूले पार्टीको फसेलालाई सही बताए।

अर्कोतिर यस सम्बन्धमा हुमायुँ कबीरले दाबी गरे, निलम्बनसित सम्बन्धित आधिकारिक पत्र उनलाई अहिलेसम्म प्राप्त भएको छैन। उनले भने, पुष्टि नगरी केही पनि भन्दिनँ। सही समय आउन दिनुहोस्, सबै कुरा भन्नेछु। यसको साथै विधाय हुमायुँले यो पनि घोषणा गरे, आगामी सप्ताह उनले विधायक पदबाट राजीनामा दिनेछन्।

बेलडांगामा 6 दिसम्बरको दिन बाबरी मस्जिद निर्माण गर्ने घोषणा गरेदेखि नै हुमायुँले पार्टी नेतृत्वको आक्रोश झेलिरहेका थिए। यस मामिलामा तृणमूलको नीति स्पष्ट थियो, धार्मिक भावनालाई भड़काउने राजनीतिलाई सहन गरिनेछैन। तथापि हुमायुँ आफ्नो बयानदेखि पछि हट्न तयार थिएनन्।

तृणमूल नेतृत्वको मान्यता छ, बाबरी मस्जिद ध्वंस दिवसमा मस्जिद निर्माण गर्ने घोषणाले साम्प्रदायिक तनाउ बढ़ाउन सक्छ। हकिमले भने, कुनै पनि मस्जिदको निर्माण गर्नमा कुनै आपत्ति छैन, तर धार्मिक भावनालाई भड़्काउनु स्वीकार्य छैन। हुमायुँको यो कदम राज्यको साम्प्रदायिक सद्भावनाको लागि खतरा बन्नसक्छ।

चाखलाग्दो कुरा के छ भने हुमायुँ कबीर त्यै समय बहरमपुरमा मुख्यमन्त्री ममता ब्यनर्जीको सभामा उपस्थित थिए जतिबेला कोलकातामा प्रेसवार्ता गरी उनलाई निलम्बन गरेको घोषणा गरियो। निलम्बनको खबर पाउनसाछ उनी सभास्थलदेखि बाहिरिए।

सभास्थलदेखि बाहिर आउनसाथ उनले भने, आगामी 22 दिसम्बरको दिन नयाँ पार्टीको घोषणा गर्नेछु। 135 सीटमा उम्मेद्वारहरूलाई उतार्नेछु। तृणमूल र भाजपालाई देखादिन्छु कि हुमायुँ कबीरको शक्ति के हो।

हुमायुँलाई तृणमूलबाट निलम्बन गरिएको यो पहिलो अवसर होइन। वर्ष 2015-मा पनि उनलाई 6 वर्षको लागि पार्टीबाट निकालिएको थियो। त्यसपछि उनले निर्दलीयको रूपमा वर्ष 2016-मा चुनाउ लड़ेर हारेका थिए। त्यसपछि तिनी कंग्रेसमा फर्किए। वर्ष 2019-मा भाजपामा सामेल भएर लोकसभा चुनाउ लड़े पनि उनलाई सफलता प्राप्त भएन। वर्ष 2021-मा चुनाउ आउने बेलामै उनी फेरि तृणमूलमा फर्किए अनि भरतपुरबाट जीत हासिल गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande