सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे
mp met union minister


गान्तोक, 4 दिसम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाॅं दिल्लीमा केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरी सिक्किम तथा सम्पूर्ण हिमाली क्षेत्रसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गरे। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।

सांसद सब्बाले विशेषगरी हिमाली भूभागका शहरी क्षेत्रमा ठोस फोहोर प्रबन्धन चुनौती दिन–प्रतिदिन गम्भीर बन्दै गएको विषयलाई जोड दिए। उनले कठिन भौगोलिक भू–भाग, फोहोर प्रशोधनका लागि सीमित जमिन, ढुवानी खर्च अत्यधिक उच्च हुनु, तथा पर्यटकको बढ्दो दबाउका कारण फोहोर प्रबन्धन हिमाली संवेदनशील पारिस्थितिक प्रणालीका लागि गम्भीर पर्यावरणीय संकटको रूपमा उदाइरहेको अवगत गराए।केन्द्रिय राज्य मन्त्री तोखन साहूले सिक्किमको सफा तथा हरित पहिचानलाई सुरक्षित राख्न मन्त्रालयको तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande