माटीगाड़ामा स्थापना गरिनेछ महाकाल मन्दिर, मेयरले गरे जमीनको निरीक्षण
माटीगाड़ामा स्थापना गरिनेछ महाकाल मन्दिर, मेयरले गरे जमीनको निरीक्षण


सिलगढ़ी, 04 दिसम्बर (हि.स.)। सिलगढ़ीको माटीगाड़ा क्षेत्रमा महाकाल मन्दिर निर्माण गरिनेछ। यसको घोषणा मुख्यमन्त्री ममता ब्यनर्जीले आफ्नो उत्तर बंगाल भ्रमणावधि गरेकी थिइन्। यसैलाई अगाड़ि बढ़ाउँदै बिहीवार मेयर गौतम देवले मन्दिर निर्माणको लागि तय गरिएको जमीनको निरीक्षण गरे।

निरीक्षणको क्रममा मेयरसित डिप्टी मेयर रञ्जन सरकार, बोरो चेयरम्यान, नगरनिगमका कमिश्नर सहित अन्य अधिकारीहरू पनि उपस्थित थिए।

उल्लेखनीय पछिल्लो एक अक्टोबरको दिन मुख्यमन्त्री ममता ब्यनर्जीले उत्तरकन्यामा बैठक गरेपछि माटीगाड़ाको लगभग 14.41 एकड़ भूमिमा महाकाल मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन्। यो परियोजना वेस्ट बंगाल हाउसिंग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड अन्तर्गत शुरू गरिनेछ।

निरीक्षण पश्चात मेयर देवले पत्रकारहरूलाई बताए, स्थानको सर्वे पूरा भइसकेको छ। जमीनलाई सफा गर्ने कार्य शुरू गरिएको छ। उनले आश्वासन दिए, चाँड़ै नै महाकाल मन्दिरको निर्माण कार्य शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande