हुमायुँ कबीरको निलम्बनमाथि ममताले भनिन्- सड़िएको धानलाई हटाइयो
हुमायुँ कबीरको निलम्बनमाथि ममताले भनिन्- सड़िएको धानलाई हटाइयो


कोलकाता, 04 दिसम्बर (हि.स.)। तृणमूल कंग्रेसले अनुशासनहीनताको आरोपमा भरतपुरका विधायक हुमायुँ कबीरलाई ससपेण्ड गरिदियो। पार्टीले यस्तो कड़ा कारबाही गरेको केही घण्टापछि मुख्यमन्त्री ममता ब्यनर्जीले बहरमपुरको सभाबाट धारिलो प्रहार गरिन्। उनले कसैको पनि नाम उच्चारण नगरी भनिन्, यदि एउटा धान बिग्रियो भने त्यसलाई भिन्नै राख्नुपर्छ, नत्र त्यसले सबै धानलाई बिगारिदिन्छ। मैले पनि सड़ेको धानलाई पर सारेको हो।

हुमायुँ कबीरले विगत लामो समयदेखिकै पार्टी लाइनदेखि हटेर बयान दिँदै आइरहेका थिए। कैयौं पटक चेताउनी दिइए पनि उनले आफ्नो विवादित बयानहरूमाथि रोक लगाएनन्। हालैमा गरिएको उनको टिप्पणीले एकपटक फेरि विवादलाई बढ़ाएको छ जसपश्चात पार्टीले कठोर कदम उठायो।

बिहिवार बिहान तृणमूल नेता औ कोलकाताका मेयर फिरहाद हकिमले प्रेस कन्फ्रेन्स आयोजना गरी हुमायुँ कबीरलाई निलम्बित गरिएको घोषणआ गरे। उनले स्पष्ट पारे, अब पार्टीको उनीसित कुनै सम्बन्ध रहेन। विशेष कुरा के भयो भने यो घोषणा गर्दा हुमायुँ कबीर ममता ब्यनर्जीको बहरमपुर सभामा उपस्थित थिए। फसेला पाउनसाथ उनी मञ्चबाट बाहिरिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande