अमृत-2 परियोजनाको प्रगतिको जायजा लिन पुगे मेयर
अमृत-2 परियोजनाको प्रगतिको जायजा लिन पुगे मेयर


सिलगढ़ी, 4 दिसम्बर (हि.स)। अमृत–2 परियोजनाको कार्य प्रगतिको समीक्षा गर्नको लागि बिहीवार सिलगढ़ी नगरनिगमका मेयर गौतम देव फूलबाड़ी क्षेत्रमा पुगे। उनीसित डिप्टी मेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त तथा निगमका इञ्जीनियरहरूको एक प्रतिनिधि टीम पनि उपस्थित थियो।

मेयरले सबैभन्दा पहिला फूलबाड़ी एशियन हाइवे क्रसिंगको मर्डर क्षेत्रमा 12 सय मिमी व्यास भएको एम.एस. क्यारियर पाइपको ज्याक-पुशिंग कार्यको निरीक्षण गरे। यस अवधि पाइपलाई जमीनमुनि बिछ्याउने प्रक्रिया, सही एलाइनमेन्ट, ट्रेंचलेस तकनिकको प्रयोग, सुरक्षा व्यवस्था तथा सम्पर्ण पाइप ठेल्ने तकनिकी प्रक्रियाको ध्यान पूर्वक निरीक्षण गरे।

निरीक्षण गरेपछि मेयर गौतम देवले भने, अमृत–2 परियोजनाको फेज-I र फेज-II को काम द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। परियोजनाको कुनै पनि भागमा ढिल्याई वा त्रुटि हुन नदिनको लागि आजको निरीक्षण गरिएको हो। यसको साथै टीमले फूलबाड़ीमा प्रस्तावित नयाँ वाटर ट्रिटमेन्ट प्लान्ट (डब्ल्यूटीपी)-रो निर्धारित स्थलको पनि दौड़ाह गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande