मुख्यमन्त्री नीतीश कुमारको विकसित बिहारको एजेण्डा स्पष्ट छः उमेश सिंह कुशवाहा
मुख्यमन्त्री नीतीश कुमारको विकसित बिहारको एजेण्डा स्पष्ट छः उमेश सिंह कुशवाहा


पटना, 4 दिसम्बर (हि.स.)। जनता दल यूनाइटेड (जदयू)- का प्रदेश अध्यक्ष उमेश सिंह कुशवाहाले भने, राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्ताव अवधि मुख्यमन्त्री नीतीश कुमारले विकसित बिहारको भिजन तथा आगामी वर्षको लागि सरकारका प्राथमिकताहरूलाई स्पष्ट गरिदिएका छन्।

उमेश सिंह कुशवाहाले बिहीवार जारी आफ्नो बयानमा भने, मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा पछिल्लो 20 वर्षको विकाकस उपलब्धिहरू उल्लेख गर्नका साथै भविष्यका कार्ययोजनाहरूको खाका पनि पेश गरे जसले सरकारको विकासप्रति दृढ़ इच्छाशक्ति तथा जनताप्रति प्रतिबद्धतालाई दर्शाउँछ।

कुशवाहाले भने, नीतीश कुमारको नेतृत्वमा बिहारले विकासको नयाँ पहिचान बनाएको छ र आगामी दिन राज्यको लागि निर्णायक साबित हुनेछ। युवाहरूलाई रोजगार तथा कौशलको अवसर, महिलाहरूलाई सशक्त बनाउने पहल, किसानहरूको लागि सरल व्यवस्था तथा आधुनिक बुनियादी ढाँचाको विकास सरकारको प्राथमिकताहरूमा सामेल छन्।

जदयू प्रदेश अध्यक्षले नेता प्रतिपक्ष तेजस्वी यादवलाई लक्षित गर्दै भने, महत्वपूर्ण सत्रमा तेजस्वी यादव लगातार अनुपस्थित रहनु लोकता्त्रिक मूल्यप्रति लापरवाही हो। उनले आरोप लगाए, सार्वजनिक मुद्दाहरूमा जवाफदाहीदेखि बच्नुले यो दर्शाउँछ कि नेता प्रतिपक्षले न त सदनको गरिमालाई बुझ्छन् न राज्यहितलाई प्राथमिकता दिन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande