एसआईआरः तीन वटा बूथमा एकजना पनि‘सेल्फ’ भोटर भेटिएन, निर्वाचन आयोगले समीक्षा गर्ने आदेश दियो
एसआईआरः तीन वटा बूथमा एकजना पनि‘सेल्फ’ भोटर भेटिएन, निर्वाचन आयोगले समीक्षा गर्ने आदेश दियो


कोलकाता, 4 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रिया अर्थात एसआईआरको क्रममा निर्वाचन आयोगले यस्ता तीन वटा बूथहरू फेला पारेका छन्, जहाँ एकजना पनि ‘सेल्फ’ भोटर छैन। एसआईआरको नियमानुसार कुनै भोटरलाई ‘सेल्फ’ त्यसबेला मानिन्छ जतिबेला उसको नाम वर्ष 2002-को मतदाता सूचीमा छ। यदि उसको माता-पिताको नाम वर्ष 2002-को मतदाता सूचीमा छ भने यस्तो मतदातालाई ‘प्रोजनी’ मानिन्छ।

निर्वाचन आयोगले यसलाई लगभग असम्भव परिस्थिति मान्दै तीनै वटा बूथको नयाँ शिराबाट जाँच गर्ने आदेश दिएको छ। मुख्य चुनाउ अधिकारीको कार्यालयबाट प्राप्त जानकारी अनुसार यी तीन वटा बूथहरूका सबै भोटर्स ‘प्रोजनी’ श्रेणीमा पर्दछन् भने कुनै पनि भोटरलाई ‘सेल्फ’ श्रेणीमा पाइएन।

पहिलो मामिला कुचबिहार ज़िल्लाको दिनहाटा विधानसभा क्षेत्रको पार्ट नम्बर- 110 को हो जहाँ मोठ 782 भोटरहरूमा एकजना पनि ‘सेल्फ’ भोटर छैन। दोस्रो मामिला हुगली जिल्लाको पाण्डुआ विधानसभा क्षेत्रको पार्ट नम्बर-53 को हो जहाँ सबै 668 भोटर्स ‘प्रोजनी’ पाइयो। तेस्रो मामिला दक्षिण 24 परगना ज़िल्लाको कुलतली विधानसभा क्षेत्रको पार्ट नम्बर- 48 को हो जहाँ 768-मध्ये एकजना पनि भोटरलाई ‘सेल्फ’ श्रेणीमा भेटिए।

एसआईआर नियम अनुसार जुन भोटरहरूको नाम वा उनीहरूको माता-पिताको नाम वर्ष 2002-को मतदाता सूचीमा छ, उनीहरूलाई वैध भोटर मानिन्छ र उनीहरूलाई कुनै पनि दस्तावेजको आवश्यकता छैन। तथापि आयोगलाई यो कुरा अपच्य लाग्यो कि कसरी सम्पूर्ण बूथमा एकजना पनि ‘सेल्फ’ भोटर उपस्थित नभएको। त्यसैले आयोगले जाँच गराउने निधो गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande